काठमाडौं । मेसेजिङ एप ह्याट्सएप विश्वका विभिन्न ठाउँमा डाउन भएको पाइएको छ । नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजेदेखि एपमा समस्या देखिएको थियो । एपमा समस्या आउँदा प्रयोगकर्ताले मेसेज पठाउन र पाउन सकेनन् । यस्तो समस्या करिब दुई घण्टापछि समाधान भएको न्यू वर्क टाइम्सले लेखेकाे छ ।
ह्याटस्एपको यो समस्याबारे डाउनडिटेक्टरमा ६० हजार भन्दा बढीले रिपोर्ट गरेका छन् । समस्या आएलगत्तै मेटाका प्रवक्ता जोशुवा ब्रेकम्यान केही प्रयोगकर्ताहरुलाई मेसेज पठाउन समस्या भएको र यो चाँडै समाधान गर्ने बताएका थिए । तर एपमा समस्या आउनुको कारण भने उनले खुलाएनन् ।
प्रयोगकर्ताले मोबाइल एपबाट मेसेज पठाउँदा स्क्रिनमा “connecting” र वेब भर्सनमा “Make sure your computer has an active internet connection” नाेटिफिकेसन देखिएको प्रयोगकर्ताले उल्लेख गरेका छन् ।