close

टिकटकलाई चुनौती दिन गुगलले किन्यो एआई स्टार्टअप ‘अल्टर’

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १७:५५

टिकटकलाई चुनौती दिन गुगलले किन्यो एआई स्टार्टअप ‘अल्टर’

काठमाडौं । गुगलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अवतारमा काम गर्दै आएको स्टार्टअप कम्पनी ‘अल्टर’ खरिद गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले करिब १०० मिलियन डलर अर्थात् १३ अर्ब रुपैयाँभन्दा बढीमा उक्त कम्पनी खरिद गरेको हो ।

उक्त कम्पनीले गुगललाई एआईमार्फत व्यवसाय विस्तारमा सहयोग गर्ने जनाइएको छ । त्योभन्दा पनि गुगललाई टिकटकको एआईसँग प्रतिस्पर्धा गर्न यो कम्पनीले सघाउने उल्लेख छ ।

हुन त यो विषयमा हालसम्म गुगलले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, सार्वजनिक भएको प्रतिवेदनअनुसार गुगलले कन्टेन्ट तथा गेमलाई बुस्ट गर्नका साथै टिकटकसँग प्रतिस्पर्धा गर्नका लागि 'अल्टर'लाई खरिद गरेको हो ।

प्रतिवेदनअनुसार यो खरिद प्रक्रिया करिब दुई महिनाअघि नै भएको हो । यो बीचको दुवै कम्पनीले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । तर, यसअघि अल्टरमा कार्यरत कर्मचारीले लिंक्ड्इन प्रोफाइलमा आफूहरु गुगलमा काम गर्न थालेको विषय उल्लेख गरेका छन् ।

यता गुगलका प्रवक्ताले पनि कम्पनी खरिद गरेको विषय स्वीकार गरेको उल्लेख छ । तर, उनले आर्थिक पक्षका विषयमा भने कुनै जानकारी नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १८:३९