close

युट्युबका भिडिओ अब आठ गुणासम्म जुम गरेर हेर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ १५:३

युट्युबका भिडिओ अब आठ गुणासम्म जुम गरेर हेर्न सकिने

काठमाडौं । युट्युवले आफ्नो १७औं वार्षिकाेत्सवको अवसरमा नयाँ डिजाइन र यूआई सार्वजनिक गरेको छ । यससँगै युट्युबले भिडिओ एट एक्स अर्थात् आठ गुणासम्म जुम गरेर हेर्न सकिने फिचर सार्वजनिक गरेको छ ।

अब युट्युबको एपबाट कुनै पनि भिडिओ होरिजेन्टल मोडमा आठ गुणासम्म जुम गरेर हेर्न सकिन्छ । विगतमा फुल स्क्रिनसम्म जुम हुने कुनै पनि भिडिओलाई अब त्यसभन्दा आठ गुणा बढी जुम गर्न सकिन्छ ।

युट्युबमा भिडिओ जुम गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

युट्युबले यो फिचर आफ्नो नयाँ अपडेटमार्फत उपलब्ध गराएकाले तपाईँले युट्युबको पछिल्लो अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ । यदि तपाईँले डिभाइसमा एप स्वतः अपडेट हुने फिचर इनेबल गर्नुभएको छ भने अपडेट गरिरहनु पर्दैन । त्यसपछि युट्युब एप खोल्नुहोस् ।

एप खोलिसकेपछि आफूलाई मन परेको भिडिओ प्ले गर्नुहोस् । त्यसपछि उक्त भिडिओलाई होरिजेन्टल (तेर्सो) मोडमा लिनुहोस् । त्यसपछि स्क्रिनमा दुई ओटा औंलासँगै राखेर जुम इन (स्क्रिनमा दुई ओटा औंला छोएर ठूलो बनाउनुहोस्) गर्नुहोस् । यसरी भिडिओलाई विभिन्न स्तरसम्मको जुम गरेर हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १५:३