close

सुरु भयो एलन मस्कको मासिक ८ डलर पर्ने ट्वीटर भेरिफिकेसन

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १४:३५

सुरु भयो एलन मस्कको मासिक ८ डलर पर्ने ट्वीटर भेरिफिकेसन

काठमाडौँ । ट्वीटरको ब्लू टिक भेरिफिकेसन सुरु भएको छ । कम्पनीले मासिक ७.९९ अमेरिकी डलर मूल्य राखेको निलो भेरिफाइड चेकमार्क आईफोन र आईप्याडमा रहेको ट्वीटर एपमा उपलब्ध भएको हो ।

तर एन्ड्रोइडमा भने यो नयाँ सब्सक्रिप्सन कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन । ​ट्वीटरका मालिक एलन मस्कले कम्पनीको स्वामित्व लिएपछि भेरिफिकेसनलाई लागि सब्सक्रिप्सनको मोडेलमा ल्याइएको छ ।

ट्वीटरको यो नयाँ प्याकेज लिने ग्राहकको अकाउन्टमा तत्काल भेरिफाइड चेक लागेर आउँछ । तर यसबाहेक अहिलेसम्म अन्य फाइदा यसमा देख्न सकिएको छैन । कम्पनीले आधिकारिक ट्वीटर ह्यान्डलमा 'अफिसियल' लेबल लगाउन समेत थालेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १४:३५