काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागी भिसा डाइरेक्ट सेवा ल्याएको छ ।
यो सेवा मार्फत ग्राहकहरूले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ । विश्वको कुनै पनि देशबाट डिजिटल माध्यमबाट पैसा पठाउन आफ्नो कुनै पनि डिजिटल भुक्तानी सेवामा गई अन्य विवरण सँगै सानिमा बैंकको भिसा कार्डको नम्बर उपलब्ध गराएपछि ग्राहकको खातामा सोझै रकम आउनेछ ।
भिसा इन्टरनेशनलको सहकार्यमा बैंकले यो सेवा उपलब्ध गराएको हो । यो सेवा सरल, सुरक्षित र छरितो हुने बैंकको भनाई छ ।