close

आज रातिबाट मौन अवधि सुरु हुँदै, सामाजिक सञ्जालका प्रचार सामग्री हटाउन आयोगको निर्देशन

टेकपाना टेकपाना

मंसिर १, २०७९ ११:४८

आज रातिबाट मौन अवधि सुरु हुँदै, सामाजिक सञ्जालका प्रचार सामग्री हटाउन आयोगको निर्देशन

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै मौन अवधिमा गर्न नहुने कामहरूको सूची सार्वजनिक गरेको छ, जसमा आयोगले विशेषगरी सामाजिक सञ्जालका गतिविधिलाई ध्यानमा राखेको छ ।

आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट रणनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नपाइने जनाएको छ ।​

यसैगरी निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, शर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै कुनै साधन वा माध्यमको प्रयोग गर्न नहुने आयोगको भनाइ छ ।​

त्यस्तै सामाजिक सञ्जालबाट गरिएका विज्ञापन, तथा निर्वाचन प्रचार प्रसार सामग्री १२ बजेअघि हटाइसक्न आयोगले निर्देशन दिएको छ ।

सूचनामा लेखिएको छ, "राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ सङ्गठनहरूको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार प्रसार सामग्री हटाउनुपर्नेछ ।"

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ २२:१