अनलाइनबाटै खाता खोल्नेदेखि २ लाखसम्मको फोनलोन दिने नबिल बैँकको ‘एन बैँक’को ३ वर्ष पूरा
पुस ७, २०८२ १७:१६
काठमाडौँ । नबिल बैँक लिमिटेडको ‘डिजिटल-वन्ली’ बैङ्किङ ‘एन बैँक’ सञ्चालनमा आएको तीन वर्ष पूरा भएको छ । बैँकले ग्राहकलाई प्रविधिको प्रयोगमार्फत सरल, छिटो र सुरक्षित सेवा प्रवाह गर्ने लक्ष्यसहित २२ डिसेम्बर २०२२ (६ पुस २०७९) देखि एन बैँक सञ्चालनमा ल्याएको थियो ।
तत्कालीन मोबाइल बैङ्किङ सेवालाई परिमार्जन र रिब्रान्ड गर्दै यो प्लेटफर्म सुरु गरिएको हो । ग्राहकलाई आधुनिक र सहज बैङ्किङ अनुभव प्रदान गर्ने उद्देश्य अनुसार यो प्लेटफर्मले बैँकका सम्पूर्ण सेवालाई पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
एन बैँक मार्फत बैँकले ग्राहकका लागि अनलाइनबाटै बैँक खाता खोल्ने सुविधादेखि भिडिओ केवाईसी मार्फत ग्राहक पहिचान गर्ने व्यवस्था मिलाएको छ । ग्राहकले यसमार्फत २४ सै घण्टा डिजिटल बैङ्किङ पहुँच प्राप्त गर्नुका साथै डिजिटल च्यानलबाटै कल सेन्टरको सहायता समेत लिन सक्ने बैँकले जनाएको छ ।
बैँकिङ कारोबारलाई सहज बनाउन बैँकले यस प्लेटफर्ममार्फत मोबाइल तथा इन्टरनेट बैङ्किङ, भर्चुअल कार्ड र ई-कमर्स भुक्तानी जस्ता सुविधा समेत प्रदान गर्दै आएको छ ।
कर्जा सेवातर्फ एन बैँकले विशेष प्राथमिकता दिँदै नबिल बैँकमा खाता भएका ग्राहकका लागि मोबाइलमार्फत तुरुन्तै उपलब्ध हुने २ लाख रुपैयाँसम्मको ‘फोनलोन’ सुविधा पनि उपलब्ध गराउँछ । साथै बैँकमा मुद्दती निक्षेप भएका ग्राहकले आफ्नो निक्षेपको ९० प्रतिशतसम्म कर्जा एन बैँक एपमार्फत नै लिन सक्ने व्यवस्था मिलाइएको छ । विदेशमा रहेका नेपालीका लागि ‘एन रेमिट’ सेवामार्फत भिसा वा मास्टर कार्ड प्रयोग गरी नेपालमा रहेका नबिल बैँकका खातावाला वा अन्य व्यक्तिलाई सिधै रेमिट्यान्स पठाउन सकिने सुविधा समेत यसले प्रदान गर्दै आएको छ ।
यो प्लेटफर्म युजर एक्सपिरियन्सका हिसाबले पनि उत्कृष्ट रहेको बैँकको दाबी छ । यसैगरी डिजिटल इकोसिस्टमलाई थप विस्तार गर्न बैँकले एन बैँक माइक्रोसाइट पनि सञ्चालनमा ल्याएको छ ।
यो त्यस्तो प्लेटफर्म हो, जहाँबाट सुरक्षित वेब लगइन र विभिन्न प्रडक्टका जानकारी पाउन सकिन्छ । बैँकले विभिन्न मार्केटप्लेस सेवा प्रदायकसँग सहकार्य गरी एन बैँक एपभित्रै अनलाइन खाद्य सामग्री डेलिभरी, बस तथा हवाई टिकेट बुकिङ, डिजिटल मतदान, वैदेशिक यात्राका लागि ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा एकीकृत गरेको छ ।
यस बाहेक बैँकले लिलामीमा रहेका घर तथा जग्गासम्बन्धी विवरण समेत एपमै हेर्न सकिने व्यवस्था मिलाएको छ । ग्राहकको बैङ्किङ अनुभवलाई स्तरीय बनाउन आगामी दिनमा नवीनतम फिचर उपलब्ध गराउने तयारी बैँकको छ ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १७:२७
