close

गिटहब प्रयोगकर्तालाई ‘टु फ्याक्टर अथेन्टिकेसन’ अनिवार्य गरिँदै

टेकपाना टेकपाना

पुस १, २०७९ १८:७

गिटहब प्रयोगकर्तालाई ‘टु फ्याक्टर अथेन्टिकेसन’ अनिवार्य गरिँदै

काठमाडाैं । गिटहब प्रयाेगकर्ताका लागि आउँदो अङ्ग्रेजी वर्षसम्म ‘टु फ्याक्टर अथेन्टिकेसन’ (two-factor authentication -2FA) अनिवार्य गर्न लागिएकाे छ । प्लेटफर्मभित्र काेडिङमा याेगदान पुर्‍याइरहेका प्रयाेगकर्ताका लागि थप सुरक्षा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले याे नियम लागू गर्न लागेकाे हाे ।

टु फ्याक्टर अथेन्टिकेसनले लगइन गर्दा ‘वन टाइम पासवर्ड’ बाट अकाउन्टलाई अतिरिक्त सुरक्षा प्रदान गर्छ । गिटहबमा लाेकप्रिय भएका कतिपय प्राेजेक्टहरुमा मालिसियस काेड पनि हुने गर्छन् । ​यसकारण टूएफएले प्लेटफर्मलाई सुरक्षित बनाउनेमा कम्पनीले विश्वास गरेकाे छ । त्यस्तै काेड डाउनलाेड गर्दा थप विश्वस्त हुन सकिने पनि कम्पनीकाे भनाइ छ ।

कम्पनीले काेडमा याेगदान पुर्‍याउने व्यक्तिहरुलाई छनाेट गरेर २०२३, मार्चबाट याे नियम लागू गर्ने भएकाे छ । यसका लागि कम्पनीले ताेकेकाे मापदण्ड भने गरेकाे हुनुपर्ने छ ।

छनाेट भएका प्रयाेगकर्ताले टूएफए लागू गर्नेबारे मेलबाट सूचना पाउनेछन् । सूचना प्राप्त गरेकाे ४५ दिनभित्र टूएफए लागू गर्नुपर्ने छ । याे परीक्षण सफल भएपछि मात्र अन्य प्रयाेगकर्ताका लागि याे नियम उपलब्ध हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १८:७