close

सोमबारबाट ‘टु फ्याक्टर अथेन्टिकेसन’ लागू गर्दै गिटहब

टेकपाना टेकपाना

फागुन २८, २०७९ १४:१२

सोमबारबाट ‘टु फ्याक्टर अथेन्टिकेसन’ लागू गर्दै गिटहब

काठमाडौं । माइक्रोसफ्टको कोड होस्टिङ प्लेटफर्म गिटहबले सार्वजनिक परियोजनामा (Public Projects) कोडिङ गरेर योगदान पुर्‍याइरहेका डेभलरपरहरुका लागि ‘टु फ्याक्टर अथेन्टिकेसन’ (two-factor authentication -2FA) अनिवार्य गर्ने भएको छ । 

कम्पनीले डेभलपरहरूका लागि भोली अर्थात् सोमबार, फागुन २९ गतेबाट अनिवार्य रुपमा टुएफए लागु गर्ने भएको हो ।

यस अगाडि कम्पनीले सन् २०२३ को अन्तसम्ममा अनिवार्य रुपमा टुएफए सुरु गर्ने घोषणा गरेको थियो । त्यस्तै आउँदो वर्षमा सबै डेभलपर र एड्मिनिस्ट्रेटरहरूलाई टुएफए प्रदान गराउने बताएको कम्पनीले भोलीबाट भने केही डेभलपरहरूलाई मात्र यो सेवा उपलब्ध गराउने भएको हो । 

प्लेटफर्म भित्र काेडिङमा याेगदान पुर्‍याइरहेका दश लाख बढी डेभलपरहरूका लागि थप सुरक्षा प्रदान गर्न याे नियम लागु गर्न लागेको कम्पनीले जनाएको छ ।

गीटहबले टुएफए लागू गर्नका लागि केही मापदण्ड तयार पारेको छ । ती मापदण्ड पूरा गरेका डेभलपरहरूले मात्र टुएफए लागु गर्ने पाउने ईमेल र गिटहबमा भएको एकाउन्ट मार्फत सूचना पठाइएको कम्पनीको भनाइ छ । उक्त सूचना प्राप्त गर‍ेको ४५ दिन भित्रमा प्रयोगकर्ताले टुएफए कन्फिगर (Configure) गरिसक्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ १४:१४