काठमाडाैं । प्राेग्रामरहरुका लागि लाेकप्रिय काेड रिपाेजिटरी सर्भिस गीटहबमा नाै कराेड सक्रिय मासिक प्रयाेगकर्ता रहेकाे माइक्राेसफ्टले जनाएकाे छ । बुधबार माइक्राेसफ्टले गीटहबबारे नयाँ तथ्यहरु सार्वजनिक गर्दै यसबारे जानकारी दिएकाे हाे ।
त्यस्तै गीटहबबाट माइक्राेसफ्टले वार्षिक एक अर्ब अमेरिकी डलर (१३ खर्ब रुपैयाँभन्दा धेरै) कमाइ गरिरहेकाे सीईओ सत्य नाडेलाले जानकारी दिए । गीटहबकाे अधिग्रहणपछि माइक्राेसफ्टले पहिलाे वित्तीय विवरण सावर्जनिक गरेकाे हाे ।
धेरै डेभलपर र ओपेन साेर्स अभियन्ताले गीटहबकाे अधिग्रहणपछि निःशुल्क सेवाहरु बन्द हुने र माइक्रोसफ्टले सेवा सञ्चालन गर्ने तरिका परिवर्तन गर्नसक्ने अनुमान गरेका थिए । तर माइक्राेसफ्टले थप नि: शुल्क सेवाहरु विस्तार गरिरहेकाे छ ।
माइक्राेसफ्टले स्वामित्व लिनुअघि गीटहबमा २८ मिलियन मासिक प्रयाेगकर्ता र २०० देखि ३०० अमेरिकी डलर वार्षिक कमाइ रहेकाे थियाे । गीटहबलाई माइक्राेसफ्टले सन् २०१८ मा ७.५ अर्ब डलरमा खरिद गरेकाे थियाे ।