close

पाँच महिनामै नेपाल भित्रियो सात करोड मूल्यका साढे १४ लाख ई-सिगरेट

टेकपाना टेकपाना

पुस ८, २०७९ १४:१७

पाँच महिनामै नेपाल भित्रियो सात करोड मूल्यका साढे १४ लाख ई-सिगरेट

काठमाडौं । नेपालमा पनि विद्युतीय चुरोट (ई-सिगरेट) को प्रयोग बढ्दै गएको छ । इलेक्ट्रोनिक सिगरेट तथा भेपोराइजिङ डिभाइस (भेप) प्रयोग गर्ने जमात बढेसँगै यसको आयात पनि बढिरहेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा सात करोड रुपैयाँभन्दा बढी रुपैयाँको विद्युतीय चुरोट तथा भेप आयात भएको छ । तथ्याङ्क अनुसार यो अवधिमा सात करोड ४७ लाख दुई हजार रूपैयाँ बराबरको १४ लाख ५२ हजार ३१८ थान विद्युतीय चुरोट आयात भएको छ ।

सबैभन्दा बढी विद्युतीय चुरोट चीनबाट आयात भएको छ । तथ्याङ्क अनुसार गत पाँच महिनामा चीनबाट सात करोड २४ लाख १८ हजार रुपैयाँको १४ लाख १६ हजार ९५७ थान विद्युतीय चुरोट आयात भएको छ ।

त्यसैगरी दोस्रोमा अमेरिका रहेको छ । अमेरिकाबाट सो अवधिमा १५ लाख पाँच हजार रुपैयाँ बराबरको २५ हजार ९१९ थान विद्युतीय चुरोट आयात भएको छ । त्यसैगरी यूएईबाट दुई लाख ४१ हजार रुपैयाँ बराबरको छ हजार छ थान विद्युतीय चुरोट नेपाल भित्रिएको छ । 

 

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ १५:३८