close

१४ विधामा आज आईसीटी अवार्ड वितरण गरिँदै

टेकपाना टेकपाना

पुस ८, २०७९ १३:५२

१४ विधामा आज आईसीटी अवार्ड वितरण गरिँदै

काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा आज सातौं संस्करणको आईसीटी अवार्ड कार्यक्रम हुने भएको छ । राजधानीको द सोल्टी क्राउन प्लाजामा हुने कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई सम्मान पनि गरिनेछ । साथै 'साउथ एसिया स्टार्टअप अवार्ड'का लागि भाग लिन विभिन्न दक्षिण एसियाली देशबाट स्टार्टअप पनि नेपाल आएका छन । यस वर्ष अवार्डका लागि ५५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजक समितिका संयोजक राजन लम्सालले जनाए ।

यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इनाेभेसन आईसीटी अवार्ड, आन्टरप्रेनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, नेपाल टेलिकम पायोनियर आईसीटी अवार्ड र एनसेल वुमन आइकन आईसीटी अवार्ड, डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आईसीटी अवार्ड, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, पब्लिक च्वाइस आईसीटी अवार्ड र जुरी मेन्सन आईसीटी अवार्ड प्रदान गरिँदै छ ।

इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाको सहकार्य रहेको छ । 

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ १३:५२