close

इन्टरनेटले बढायो प्रेस स्वतन्त्रता हननका घटनाः पत्रकार महासंघ

टेकपाना टेकपाना

पुस ९, २०७९ १९:५१

इन्टरनेटले बढायो प्रेस स्वतन्त्रता हननका घटनाः पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननको चुनौती बढेको निष्कर्ष निकालेकाे छ । सुर्खेतमा सम्पन्न महासंघको केन्द्रीय साधारणसभाले एक घोषणापत्र सार्वजनिक गर्दै इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको घटना नयाँ चुनौतीको रुपमा देखिएको उल्लेख गरेको छ ।

साथै महासंघले यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न पनि माग गरेको छ । ‘इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरु थपिएको सन्दर्भम यो केन्द्रीय साधारणसभा आमपत्रकारहरुलाई सचेततापूर्वक डिजिटल माध्यमको प्रयोग गर्न आग्रह गर्दछ । साथै, सम्बद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि जोडदार माग गर्दछ,’ घाेषणापत्रकाे दुई नम्बर बुँदामा उल्लेख गरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा सञ्चार माध्यमलाई अनलाइक, अनफलो गर्नेदेखि अनलाइन सञ्चारमाध्यमको सीएमएसमा अनधिकृत प्रवेश गरेर समाचार सामग्री हटाउनेसम्मका घटनालाई सम्बोधन गर्दै महासंघले सम्बन्धित घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

पछिल्लो अध्यावधिक: पुस ९, २०७९ २०:७