close

विदेशबाट आईपीओ भर्न चाहनेलाई सघाउन 'हेल्प डेस्क' सञ्चालनमा

टेकपाना टेकपाना

पुस १४, २०७९ ८:४७

विदेशबाट आईपीओ भर्न चाहनेलाई सघाउन 'हेल्प डेस्क' सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा सघाउन गरिमा क्यापिटल लिमिटेडले हेल्प डेस्क सञ्चालन गरेको छ ।

नेपाल धितोपत्र बोर्डद्वारा जारी 'धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९' ले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आरक्षण प्रदान गरेसँगै गरिमाले यसबारे नागरिकलाई जानकारी दिन सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको हो ।

'हरेक नेपाली शेयरधनी' अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीलाई उक्त विषयमा जानकारी दिन हेल्प डेस्क सञ्चालनमा ल्याएको गरिमाले जनाएको छ ।

हेल्प डेस्कबाट कस्ता विषयको जानकारी लिन सकिन्छ ?

१. बैंकमा रेमिटेन्स बचत खाता खोल्न

२. डिम्याट र मेरो शेयर खाता खोल्न

३) बैंकबाट सीआरएन (CRN) नम्बर लिन

४) आईपीओ आवेदन दिनका लागि ९८४७३७९००९ र ९८४७३७९०१० यी दुई नम्बरमा ह्वाट्सएप वा भाइबरमा जोडिएर सहयोग लिन सकिन्छ । साथै यहाँ क्लिक गरेर पनि थप जानकारी पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ ९:३७