close

गुगललाई लाग्यो उपभोक्ता झुक्याउन खोजेको आरोप, फिर्ता लियो आफ्नो निर्णय

टेकपाना टेकपाना

माघ १२, २०७६ ११:५२

गुगललाई लाग्यो उपभोक्ता झुक्याउन खोजेको आरोप, फिर्ता लियो आफ्नो निर्णय

गुगल सर्च ईन्जिन इन्टरनेट प्रयोगकर्ताको लागि अपरिहार्य आवश्कता झैं भइसकेको छ । गुगलको सर्च ईन्जिन यति धेरै लोकप्रिय बन्नुमा यसको उपयोगी फिचरको उत्तिकै हात छ । प्रयोगकर्ताले जे खोजे पनि तत्कालै भेट्टाइदिन सक्ने यसको क्षमता पछिल्ला वर्षमा झन् लोकप्रिय बनिरहेको छ ।

तर यसैसाता भने लोकप्रिय सर्च ईन्जिनले उपभोक्ता झुक्याएर पैसा कमाउन खोजेको आरोप भोगेको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालमा यस्तो आरोप लगाउना साथ गुगलले आप्mनो निर्णयलाई सच्याएको छ ।

गुगलले गत सातादेखि परीक्षणको रुपमा सर्च ईन्जिनको लुक्सलाई नयाँ डिजाइन दिएको थियो । केही सीमित प्रयोगकर्तामाझ गरिएको यो परीक्षण प्रयोगकर्तालाई भने चित्त बुझेन । गुगलको नयाँ डिजाइनमा सर्च गर्दा आउने रिजल्टहरु सबै विज्ञापन जस्ता देखिन्थे ।

विज्ञापनको रुपमा आएका रिजल्ट र वास्तविक रिजल्टबीच भेद नछुट्टिने गरी डिजाइन गरेको भन्दै गुगलको चर्को आलोचना भएको हो ।

सर्च रिजल्टमा देखिने विज्ञापन गुगलको कमाईको राम्रो स्रोत पनि हो । सर्च रिजल्टमा प्रयोगकर्ताले विज्ञापनमा क्लिक गरे उक्त विज्ञापन गर्ने व्यक्ति वा कम्पनीसँग गुगलले कमिसनबापत पैसा पाउँछ तर वास्तविक सर्च रिजल्टमा क्लिक भएको पैसा पाउँदैन ।

गुगलले प्रयोगकर्तालाई झुक्याउने डिजाइन बनाएर धेरै विज्ञापनमा क्लिक गर्न लगाउन यस्तो डिजाइन तयार पारेको आरोप सामाजिक सञ्जालमा उठेपछि गुगलले परीक्षणको रुपमा गरेको डिजाइनलाई रद्द गरेको छ ।

गुगल सर्च ईन्जिनको मोबाइल भर्सनको लुक्स भने गत वर्ष परिवर्तन गरिएको थियो । उक्त डिजाइनलाई भने प्रयोगकर्ताले मन पराएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१