close

पुल्चोक इन्जिनियरिङको प्रविधि प्रदर्शनी सुरु

टेकपाना टेकपाना

माघ १७, २०७६ १२:२०

पुल्चोक इन्जिनियरिङको प्रविधि प्रदर्शनी सुरु

काठमाडौं । पुल्चोक इंजिनियरिङ संस्थानमा शुक्रबारदेखि सूचना प्रविधिको शैक्षिक मेला लोकस सुरु भएको छ । कम्प्युटर तथा इलेक्ट्रिकल इंजिनिरिङ संकायका विद्यार्थीहरुले प्रत्येक वर्ष लोकसको आयोजना गर्दै आएका छन् ।

यो प्रदर्शनी माघ १७ देखि तीन दिनसम्म चल्ने छ ।
लोकसमा देशभरी रहेका विभिन्न प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीहरुले थिम्याटिक र नन थिम्याटिक क्याटेगोरीमा विभिन्न प्रोजेक्टहरु प्रदर्शनमा राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०