close

कोरोना भाइरसका कारण उबरका २४० अकाउण्ट बन्द

टेकपाना टेकपाना

माघ १९, २०७६ १५:३२

कोरोना भाइरसका कारण उबरका २४० अकाउण्ट बन्द

एजेन्सी । राइड सेयरिङ एप उबरले एकै दिन दुई सय ४० अकाउण्ट बन्द गरेको छ । चीनमा फैलिरहेको कोरोना भाइरसका कारण कम्पनीले मेक्सीकोका दुई सय ४० ड्राइभरको अकाउण्ट हटाएको हो ।

हटाइएका चालकहरु कोरोना भाइरसबाट संक्रमित व्यक्तिसँग पछिल्लो समय सम्पर्कमा रहेको पाइएकाले उनिहरुका अकाउण्ट हटाइएको कम्पनीले जनाएको छ । कम्पनीले कोराना भाइरस फैलिन निदन भन्दै यस्तो निर्णय लिएको हो ।

हालसम्म मेक्सीकोमा कोरोना भाइरस प्रमाणीत भएको छैन । तर, पनि चालकहरुको सम्पर्क कोरोना भाइरसबाट संक्रमित व्यक्तिसँग हुने गरेकाले त्यस्ता चालकलाई तत्कालका लागि हटाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०