close

ट्रु कलरका प्रयोगकर्ता २० करोड नाघे, कम्पनी नाफामा

टेकपाना टेकपाना

माघ २२, २०७६ १५:४१

ट्रु कलरका प्रयोगकर्ता २० करोड नाघे, कम्पनी नाफामा

ट्रु कलर मोबाइल प्रयोगकर्ताको लागि परिचित एप हो । आफूले सेभ नगरेको नम्बरबाट फोन आएमा फोन उठाउनु पहिला ट्रू कलरमा हेरेर पहिचान गर्ने क्रम बढ्दो छ । ट्रु कलर विशेषतः प्रयोगकर्ताले अनुमति दिएका फोन नम्बरहरु सेयर गर्ने प्लेटफर्म हो ।

यो स्वीडिस कम्पनीले यसैसाता आफ्नो मासिक सक्रिय प्रयोगकर्ता २० करोड नाघेको जनाएको छ । यसका साथै, कम्पनीले पछिल्लो ४ महिनामा नाफा पनि कमाउन थालेको छ ।

कम्पनी नाफामा गएको यो पहिलो पटक हो । ट्रु कलरको आम्दानीको स्रोत विज्ञापन र प्रिमिटर प्रयोगकर्ताले बुझाउने शुल्क हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०