close

कस्तो होला सिक्सजी ?

टेकपाना टेकपाना

माघ २४, २०७६ १०:२७

कस्तो होला सिक्सजी ?

एजेन्सी । विश्व प्रविधि बजारमा मोबाइल नेटवर्क कनेक्टिभिटिको नयाँ पुस्ता फाइभजी क्रमैसँग विस्तार भइरहेको छ । यो प्रविधिलाई सापोर्ट गर्ने विभिन्न उपकरणहरु पनि बजारमा बन्दै गइरहेका छन् ।

केही वर्ष अघिसम्म कल्पना मात्र गरिने इन्टरनेट स्पीड अहिले अस्तिवमा आइसकेको छ । तर प्रविधि यतिमै रोकिने कुरा होइन । आजभोली विश्व प्रविधि बजारमा सिक्सजीको कुरा पनि चल्न थालेको छ । 

केही रिपोर्ट तथा अध्ययनहरुमा यसको विषयमा उल्लेख पनि भएका छन् । हालसम्म सञ्चालनमा नआएको तर अध्ययन तथा अन्वेषण भइरहेको यो नयाँ प्रविधि के हो भन्ने विषयमा चासो स्वभाविक छ । वास्तवमा यो प्रविधि के हो त ?

सिक्सजी प्रविधि फाइभजीलाई विस्थापन गर्ने नयाँ प्रविधि हो । यो प्रविधि अहिले अन्वेषण तथा अनुसन्धानको चरणमा छ । मोबाइल तथा दूरसञ्चार कम्पनीहरु फाइभजी सेवा विस्तारमा तल्लिन रहेको अवस्थामा सिक्सजीलाई सम्भावित भविष्यको रुपमा धेरैले हेरिरहेका छन् । 

एरिक्सनका प्रमुख प्राविधिक अधिकृत एरिक एकुडडेनले २०१९ को जुलाईमा सांघाईमा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा सिक्सजीको विषयमा अहिले नै कुरा उठाउनु हतार भएको बताए । यद्यपी उनैले मोबाइल वर्ल्ड लाइभको अन्तरवार्तामा सिक्सजीको लागि अध्ययन अनुसन्धान गर्न ठिक समय रहेको बताएका थिए । 

अध्ययनको प्राथमिक चरणमा रहेको सिक्सजी प्रविधि कहिलेसम्म प्रयोगमा आउँछ भन्ने प्रश्नमा इक्कुडिन यो प्रविधि प्रयोगमा आउन अझै पनि एक दशक लाग्ने अनुमान गर्छन् । यसअघि सीएनबीसी समाचारसँग बोल्दै ह्वावेका संस्थापक रेन जेङफीले पनि सिक्सजी अझै सुरुवाती चरणमा नै रहेको र यो आउन एक दशक लाग्ने बताएका थिए । 

जापानको एनटीटीडीओकोमो ले प्रकाशित गरेको सिक्स जीको ह्वाइट पेपरमा प्रविधिको उद्विकासलाई स्पष्ट देखाएको छ । जसमा थ्रीजी २००० को दशकमा आएको थियो भने फोर जी २०१० को दशकमा र फाइभजी २०२० को दशकमा । यसरी हेर्दा सिक्सजीको प्रयोग २०३० सम्म आउने देखिन्छ । 

सिक्स जीको स्पीड कति हुन्छ भन्ने कुरा हालसम्म कसैले अनुमान लगाउन सकेको छैन । सिक्सजीको फाइनल स्ट्याण्डर्ड सम्भवतः इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन-आईटीयूले निर्धारण गर्नेछ । आईटीयूले फाइभजी स्ट्याण्डर्डलाई भर्खरै आईएमटी २०२० स्ट्याण्डर्ड तोकेको छ । यद्यपी यो परियोजना २०१२ मा सुरु भएको थियो । 

सिड्नी विश्वविद्यालयका एकजना विज्ञ डा. महयार सिरभनीमोघाद्दम भन्छन् सिक्सजीले प्रति सेकेण्ड एक टीबीको स्पीड दिनेछ । फाइभजीबाट एउटा फिल्म केही सेकेण्डमा नै डाउनलोड हुन्छ भने सिक्स जीको स्पिडमा १४२ घण्टाको फिल्म मात्र एक सेकेण्डमा डाउनलोड हुनेछ । 

त्यसो त आईटीयूले सिक्सजीको विषयमा हालसम्म केही बोलेको छैन । तर २०१९ को मे महिनामा उसले आईएमटी २०३० को बारेमा बताएको थियो । जसलाई उसले फाइभजीको अपग्रेड फर्म र हाईब्रिड नेटवर्कको रुपमा व्याख्या गरेको छ । यसले आईटीयूले सिक्सजीमा बोलेको संकेत दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०