close

यस्तो छ सार्वजनिक हुनै लागेको सामसङ ग्यालेक्सी जेड फ्लिप

टेकपाना टेकपाना

माघ २९, २०७६ १२:४९

यस्तो छ सार्वजनिक हुनै लागेको सामसङ ग्यालेक्सी जेड फ्लिप

लामो समयदेखि प्रतिक्षाको विषय बनेको सामसङ ग्यालेक्सी जेड फ्लिप स्मार्टफोनको सम्पूर्ण डिटेल सार्वजनिक भएको छ । इभान ब्लासले सामसङको मार्केटिङ साइट जस्तो देखिने पेजको स्क्रिनसट्सहरु सार्वजनिक गरेका छन् । 

यससँगै सामसङको उक्त डिभाइसमा फ्लेक्जिबल ग्लास रहेको निश्चित भएको छ । यो एउटा फूल साइज डिजाइन भएको फोन हो । जुन बिचमा फोल्ड हुन्छ र यो गोजीमा राख्न मिल्छ । यो सानो वृताकारमा फोल्ड गर्न मिल्छ । फोनको अगाडि भागमानोटिफिकेसनका लागि कभर स्क्रिन राखिएको छ । नोटिफिकेसनका लागि कभर स्क्रिनमा ट्याप गर्न मिल्छ । फोन खोलेपछि चाहेको एप खोल्न सकिन्छ । 

सामसङ ग्यालेक्सी जेड फ्लिपमा इनफिनिटी फ्लेक्स डिस्प्ले प्रविधि प्रयोग गरिएको छ । कम्पनीले यो प्रविधि ओरिजिनल ग्यालेक्सी फोल्डमा पनि प्रयोग गरेको छ । यो फोनमा ६.७ इञ्चको ओएलईडी डिस्प्ले रहेको छ । यसको फोल्ड हुने ठाउँ मोटोरोलाको न्यू राजरजस्तै रहेको छ । 

क्यामेरा साइडको कुरा गर्दा, सामसङले ह्याण्डस् फ्री सेल्फी र टप स्क्रिन सहितको भ्लगिङ ल्याएर प्रयोगकर्ताको अनुभवलाई थप अत्याधुनिक बनाउने देखिएको छ । यो नयाँ फोनको अगाडि १० मेगापिक्सल्सको क्यामेरा छ । 

सामसङले यो फोनमा दुईओटा ब्याट्री पनि प्रयोग गर्ने देखिएको छ । जुन समग्रमा ३३०० एमएएचको हुनेछ । लिक भएको विवरण अनुसार यो ब्याट्री पुरै दिनभर टिक्नसक्छ । यो फोन केही घण्टाभित्रै सार्वज्निक हुने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१