close

गूगल प्ले स्टोरको विकल्पमा ह्वावेको ‘एपग्यालरी’

टेकपाना टेकपाना

फागुन १९, २०७६ १६:४०

गूगल प्ले स्टोरको विकल्पमा ह्वावेको ‘एपग्यालरी’

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले गूगलको ‘प्ले स्टोरलाई’ लाई चुनौती दिँदै सुरक्षित र भरपर्दो मोबाइल एप्सको इकोसिस्टम निर्माणका लागि ‘ह्वावे एपग्यालरी’ को भिजन सार्वजनिक गरेको छ ।

फाइभजीको प्रयोग बढिरहेको छ । फोरजी तथा फाइभजी मोबाइल नेटवर्कले एकअर्कासँग सम्पर्कमा रहन थप सहज बनाएको छ । अर्को तर्फ फिक्स इन्टरनेटको पहुँच विस्तारले मोबाइल एपको प्रयोग बढाएको छ । सामान्यतया हरेक प्रयोगकर्ताको मोबाइलमा ३० देखि ४० वटा एप्स हुन्छन् ।

यसैक्रममा ह्वावेले पनि आफ्नै एप स्टोर ‘ह्वावे एपग्यालरी’ को भिजन सार्वजनिक गरेको छ । ह्वावेको आधिकारिक एप वितरण प्लेटफर्मको रुपमा रहेको यो एपग्यालरीले प्रयोगकर्तालाई नयाँ विकल्प दिएको छ । यो अहिले विश्वको तेस्रो ठूलो एप स्टारको रुपमा उदाइसकेको छ । जसको पहुँच एक सय ७० देशमा छ । मासिक ४० करोड सक्रीय प्रयोगकर्ता छन् ।

के हो ह्वावे एपग्यालरी ?

ह्वावे एपग्यालरी गूगलको ‘प्ले स्टोर’ र एप्ललको ‘एप स्टोर’ जस्तै हो । जहाँबाट प्रयोगकर्ताले आफूलाई आवश्यक एप सहजै डाउनलोड गरी प्रयोग गर्न सक्छन् । अर्कोतर्फ एप निमार्णकर्ताको हकमा यसले उनीहरुको पूर्ण नाम प्रमाणीकरण तथा एप सुरक्षाका लागि चार चरणमा रिभ्यू गरी पूर्ण सुरक्षा प्रदान गर्दछ ।

कुनै पनि किसिमको नराम्रो कदमबाट जोगाउनका सबै एपको प्रमाणीकरण सम्बन्धि परीक्षण मजबुत हुनेछ । यसमा बालबालिकालाई मोबाइल फोन प्रयोगको सुरक्षित वातावरण दिन उमेर सम्बन्धी ‘एज रेटिङ सिस्टम’ रहेको छ । जसले उमेर समूहअनुसार अनुपयुक्त एपहरू फिल्टर गर्दछ ।

एपग्यालरीमा प्रयोगकर्ताको संवदेनशील डाटा र गोपनीयता जोगाउन उच्चस्तरको प्रमाणीकरण राखिएको छ । बायोमेट्रिक लगायत व्यक्तिको गोपनीयतासँग सम्बन्धित सूचना आफ्नो डिभाइसभन्दा बाहिर प्रोसेस नहुने ह्वावेले जनाएको छ । जसले प्रयोगकर्ताले आफ्नो व्यक्तिगत डाटामाथि पूर्ण नियन्त्रण कायम गर्न सक्नेछन् ।

विश्व बजारमा ह्वावे एपग्यालरीको भिजन

‘हाम्रो मूलमन्त्र भनेको ‘गोपनीयता सधैं तपाईँको नियन्त्रणमा’ हो’, ह्वावे कञ्जुमर विजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यूले भनेका छन्, ‘ हामीले गोपीयताको सुरक्षा तथा साईबर सुरक्षालाई सबैभन्दा बढी प्राथामिकतामा राख्दै आएका छौं । ह्वावे एपग्यालरीमा पनि हामीले गोपनीयता सम्बन्धि कडा प्रावधान र साइबर सुरक्षा उपलब्ध गराएका छौं ।’

कम्पनीको ब्रान्ड फाइनाइन्स २०२० को वार्षिक ग्लोबल ब्रान्ड भ्यालु र्‍याङ्किङमा १० औँ स्थानमा उक्लिएको छ । विश्वभर ह्वावेका करौडौँ प्रयोगकर्ताहरू रहेका छन् । जसलाई इकोसिस्टमको विकासका लागि बलियो आधारको रुपमा हेरिएको छ । त्यतिमात्रै नभएर ह्वावेले इकोसिस्टम इन्जिनियरिङका लागि तीन हजारभन्दा बढी इन्जिनियर परिचालन गरेको छ ।

ह्वावे प्रयोगकर्ताका लागि एक गन्तव्य

धेरै प्रचलनमा रहेका एपहरूको छनोट गरी ग्लोबल तथा लोकलाइज्ड (स्थानीय) एपहरू तथा प्रयोगकर्ताहरूको डिजिटल जीवनशैलीको अभिन्न भाग बन्न सफल एपहरु बढाउन ह्वावे एपग्यालरीले काम गरिरहेको छ ।

ह्वावे एपग्यालरीमा समाचार, सामाजिक सञ्जाल, मनोरञ्जन लगायतका १८ वटा विधा रहेका छन् । यदि प्रयोगकर्ताले चाहेको एप भेटाउन नसकेको अवस्थामा विशलिस्टमा हाल्न सक्ने र त्यो एप राखिएको खण्डमा विशलिस्टमार्फत् सूचित गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०