काठमाडौं । अमेजनले बालबालिकाहरुका लागि आफ्नो प्राइम भिडियोमा परिवारमैत्री तथा प्रोग्रामिङहरु निःशूल्क रुपमा हेर्न मिल्ने बनाएको छ । कम्पनीले कोरोना भाइरस (कोभिड-१९) को विश्वमहामारीका कारण घरभीत्रै बसिरहेका बालबालिकाहरुका लागि आफ्नो सेवा निःशूल्क गरेको हो ।
यस अघि अमेजनका ग्राहकहरुलाई मात्र उपलब्ध यी सामग्रीहरुमा स्टुडियो पार्टनरले बनाएका भिडियो, टेलिभिजन सिरिज, अमेजन ओरिजिनल किड र फ्यामिली शो, छानिएका थर्ड पार्टी पारिवारिक फिल्महरु राखिएको छन् ।
अमेरिकी भर्सनमा अमेजनले निःशूल्क उपलब्ध गराएका सामग्रीहरु
- क्लिक, क्लाक
- मुः क्रिस्टमस एसिक्स द फार्म
- बिग डायरिज
- कस्ट्युम क्वेस्ट
- क्रिएटिभ ग्यालेक्सी
- डेन्जर एण्ड एग
- डेन्जरस बुक फर ब्वाइजगर्टिमर गिबोन्स लाइफ अन नर्मल स्ट्रिट
- इफ यू गिभ अ माउस टु कुकी
- जेस्सी एण्ड नेस्सी
- जस्ट एड म्याजिक
- जस्ट एड म्याजिकः मिस्ट्री सिटी
- लिटिल बिग असम
- लस्ट ईन ओज
- निको एण्ड द स्वार्ड अफ लाइट
- पेट द क्याट
- सिग्मण्ड एण्ड द सि मोन्स्टर
- द स्नोई डे
- द स्टिंकी एण्ड डर्टी स्नो
- द किस्क
- टम्बल एण्ड विसनपुफ
यस्तै इजाजतप्राप्त सामग्रीमा
- आर्थर
- बाली
- किलाउ
- डेनियल टाइगरर्स नाइबरुड
- डिजाइज स्क्वाएड
- डायनसोर ट्रेन
- फेच विथ रफ रफम्यान
- क्राफ्ट्स किएचर
- मार्था स्पिक्स
- न्याचर क्याट
- अड क्वाड
- पिप एण्ड द बिग वाइड वर्ल्ड
- पेग प्लस क्याट
- पोस्टकार्ड फ्रम बस्टर
- रिडिङ रेन्बो
- रेडी जेट गो
- वाइल्ड क्राट्स
- वर्डगर्ल
- वर्ल्डवर्ल्ड
- जोबोमाफो
- रुग्राट्स अल ग्रोन अप
- नाइट स्क्वाएड
अमेजनले सार्वजनिक गरेको यी अधिकांश सामग्रीहरु प्रि स्कूलदेखि कलिला स्कूले बालबालिकाहरु प्रति लक्षित छन् । तर यसमा भर्खरै रिलिज भएका मुभीहरु, जी रेटेड वा पीजी रेटेड बक्स अफिस मुभिहरु भने राखिएको छैन ।
अमेजन ओरिजिनल चिल्ड्रेन एण्ड फेमिली टीभी सिरिज विश्वभर निःशूल्क उपलब्ध छ । तर इजाजतप्राप्त कन्टेन्ट भने देश अनुसार फरक फरक उपलब्ध रहेको अमेजनले बताएको छ ।
अमेजनले आफ्नो प्राइम सब्स्क्राइबरहरुका लागि मात्र टीभी र मुभीहरु निःशूल्क दिने गरेको छ । तर अबको नयाँ सामग्री पाउनका लागि तपाईंले अमेजन डट कममा अकाउन्ट मात्र कृयट गरे पुग्छ ।
अमेजनको नयाँ निःशूल्क प्रोग्रामहरु प्राइम भिडियो एपमा उपलब्ध छन् । यो एप निःशूल्क डाउनलोड गर्न सकिन्छ ।
यसलाई स्मार्ट टीभी, मोबाइल डिभाइस, फ्री टीभी, फायर टीभी स्टिक, फायर ट्याबलेट, एप्पल टीभी, गेम कन्सोल, क्रोमकास्ट वा वेबको प्राइम भिडियोबाट पनि डाउनलोड गर्न सकिन्छ ।
यससँगै अमेजनले कोभिड-१९ महामारीको समयमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका परिवारहरुका लागि निःशूल्क कनटेन्ट दिने पहिलो स्ट्रिमर समेत बनेको छ ।
अमेजनले आगामी दिनमा थप सामग्री दिनका लागि कन्टेन्ट पार्टनरहरुसँग निरन्तर सहकार्य गर्दै जाने बताएको छ ।
गत हप्ता स्लिङ टीभीले फ्री स्ट्रिमिङ सार्वजनिक गरेको थियो । जसमा समाचार, मनोरञ्जन र किड्स टीभी रहेको थियो । यस्तै शुक्रबार हुलुले फ्री लाइभ टीभी न्युज आफ्नो अन डिमाण्ड सर्भिसमा थप गरेको थियो ।
एजेन्सीहरुको सहयोगमा ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
