काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरससँगै जूमले पनि मौलाउने मौका पाएको छ । यसको अर्थ जूम आज विश्व व्यवसायिक दुनियाँमा सबैभन्दा लोकप्रिय एपको रुपमा स्थापित भएको छ ।
कोरोना भाइरसको महामारी सुरु हुन अघि त्यति धेरै चर्चा र प्रयोगमा नरहेको जूम आज घरमा बसेर कार्यालय सञ्चालनको सबैभन्दा उपयोगि टूल सावित भएको छ । प्रयोग गर्न सहज रहेको यो एपमार्फत प्रयोगकर्ताले चाहेअनुसार मिटिङ राख्न सक्छन् ।
निःशूल्क र सःशूल्क दुबै भर्सनमा उपलब्ध यो एप अघिल्लो वर्ष अप्रिलमा मात्रै सार्वजनिक भएको थियो । आज विश्वका धेरैजसो एयरलाइन्स कम्पनीले यसको प्रयोग गरिरहेका छन् । यसको पुष्टि एपको आम्दानीले पनि गर्छ ।
— SimilarWeb for Investors (@SW_investors) March 24, 2020
सन् २०१९ मा जूम एपको बजार पूँजी २३ खर्ब रुपैयाँ हाराहारी रहेको थियो । उक्त बजर पूँजी अहिले ५४ खर्बको हाराहारीमा पुगेको छ ।
यो रुपमा जूम एपले पाएको चर्चा र यसको प्रयोग बढ्नुका पाँच कारण आज हामी यहाँ उल्लेख गरिरहेका छौं ।
१. प्रयोग गर्न सहज
लामो समयदेखि भिडियो कन्फ्रेन्सको लागि मिटिङमा बस्ने सबैले सफ्टवेयर डाउनलोड गर्नुपर्ने प्रवृतिलाई यसले अन्त्य गर्दै एक क्लिकमा सिधै मिटिङमा जोडिन सकिने सुविधाको विकास जूमले गरेको छ ।
कसैले पठाएको रिक्वेस्टको लिंकमा क्लिक गर्ने बितिक्कै तपाईं भिडियो कन्फ्रेन्समा जोडिन सक्नुहुन्छ ।
२. सजिलै उपलब्ध
यो एप जुनसुकै डिभाइसमा पनि प्रयोग गर्न सकिने भएकाले सबैले सहजै प्रयोग गर्न सक्छन् । साथै यो जस्तोसुकै इन्टरनेटमा पनि प्रयोग गर्न सकिन्छ ।
३. सस्तो
कम्पनीले थोरै फिचरका साथ यो सर्भिस निःशूल्क पनि उपलब्ध गराइरहेको छ । तर, कम्पनीहरुको आवश्यकता अनुसार थोरै पैसा तिर्नुपर्ने हुन्छ । सबै प्रयोगकर्तालाई आफ्नो सेवा उपयोग गर्न दिने नीतिका कारण कम्पनीले निःशूल्क र सःशूल्क दुबै भर्समा उपलब्ध गराएको छ ।
४. विश्वसनीय
पछिल्लो केही सातामा यसको प्रयोग करोडौं मानिसले गरिरहेका छन् । यस्तो अवस्थामा पनि कुनै समस्या नआउनु यसको एउटा विश्वसनीय पक्ष हो ।
साथै यो समयमा इन्टरनेटको खपत उच्च भएको छ । जसले गर्दा इन्टरनेट स्लो चल्ने समस्या छ । यस्तोमा पनि बिना कुनै रुकावट यो चलिरहेको छ ।
५. प्रयोग गर्न रमाइलो
सबैभन्दा महत्वपुर्ण पक्ष यो प्रयोग गर्न रमाइलो छ । यदि तपाईं भान्सामा हुनुहुन्छ भने पनि आफ्नो ब्याकग्राउण्ड परिवर्तन गरी कुनै राम्रो स्थानमा बसिरहेको जस्तो देखाउन सक्नुहुनेछ । जसलाई धेरैले रुचाएका छन् ।