close

लकडाउनमा कसको डेटा सस्तो, टेलिकम कि एनसेल ?

टेकपाना टेकपाना

बैशाख ९, २०७७ १४:२०

लकडाउनमा कसको डेटा सस्तो, टेलिकम कि एनसेल ?

काठमाडौं । मुलुक विगत २८ दिनदेखि लकडाउनमा छ । शैक्षिक संस्था, कार्यालय, उद्योगधन्दा, बजार-पसल, यातायात सबै भन्द अवस्थामा छन् । कतिपय कार्यालयहरु वर्क फ्रम होम (घरबाटै कार्यालयको काम गर्ने) को अभ्यासमा छन् ।

घरमै बसिरहेको अवस्थामा मनोरञ्जनका लागि मात्र नभएर अत्यावश्यक कामका लागि समेत इन्टरनेट आवश्यक हुन्छ ।  फिक्स्डलाइन इन्टरनेटको पहुँचमा नहुनेहरुका लागि मोबाइल डेटाको विकल्प छैन । 

त्यस्तो इन्टरनेट भएकै स्थानमा समेत बेलाबेलामा बिजुली जाँदा अत्यावश्यक मिटिङ, अनलाइन कक्षा तथा लाइभमा जोडिन मोबाइल डेटा नै विकल्पको रुपमा रहेको हुन्छ । 

यस्तो अवस्थामा धेरै डेटा खपत हुने भएकाले प्रयोगकर्ताका लागि डेटा प्याक खरीद गरेर इन्टरनेट प्रयोग गर्नु सस्तो र किफायती हुन्छ ।

लकडाउनलाई लक्षित गर्दै समयमा नेपाल टेलिकमले स्टे कनेक्टेड र एनसेलले स्टे होम नाममा सस्तो मूल्यमै इन्टरनेट चलाउन मिल्ने गरी विशेष डेटा प्याकहरु ल्याएका छन् । यस्तोमा कुन कम्पनीको कस्तो प्याक लिँदा सस्तो पर्न जान्छ भन्ने विषयमा थोरै चर्चा गरौं ।  

पे एज यू गो अर्थात डेटा ट्यारिफ

प्रयोगकर्ता सबैले सधैं डेटा प्याक खरिद गरेर मात्रै मोबाइल इन्टरनेट प्रयोग गरिरहेका हुन्छन् भन्ने छैन । कहिले काहिँ लिएको डेटा प्याक सकिएर मेन ब्यालेन्स काटिइरहेको पत्तै हुन्न । कतिलाई त झन् डेटा प्याक लिने कुरा समेत जानकारी हुँदैन । 

जसले गर्दा उनीहरु महंगो मूल्यमा मोबाइल इन्टरनेट प्रयोग गर्न विवश भइरहेका हुन्छन् । यसरी डेटा प्याक नलिएरै मोबाइल इन्टरनेट प्रयोग गर्ने तरिका लाई नै पे एज यु गो (प्रयोग गरेअनुसारको पैसा तिर्ने) भनिन्छ ।

सामान्यतयाः यसरी इन्टरनेट चलाउँदा प्रति एमबी डेटाको मूल्य एनसेलमा दुई रुपैयाँ र टेलिकममा एक रुपैयाँ छ । लक डाउन अवधिक लागि एनसेलले प्रति एमबी डेटाको मूल्य २ रुपैयाँबाट घटाएर १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

जब कि विगत लामो समयदेखि प्रति एमबी डेटा एक रुपैयाँमै उपलब्ध गराउँदै आएको टेलिकमले लकडाउनको अवधिमा प्रतिएमबी ट्यारिफ ९० पैसामा झारेको छ । एनसेलले डेटा ट्यारिफ सस्तो बनाउने नाममा पे एज यु ग्रोमै बोनसको योजना ल्याएको छ ।

जसअनुसार प्याक नलिएरै दुई रुपैयाँ मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा बोनस सहित ३.३२ एमबी डेटा प्राप्त हुन्छ भने सय रुपैयाँ खर्च गर्दा २३६ एमबी । झट्ट हेर्दा प्रति एमबी ६० पैसादेखि ४२ पैसा मात्रै पर्ने देखिए पनि बोनस डेटाको अवधि दुई दिन मात्र छ । 

लकडाउनमा कुन सस्तो ?

कम्पनी अवधि शूल्कभोल्युम प्रति एमबी
टेलिकम५ दिन१००४ जीबी२.५ पैसा
टेलिकम७ दिन२००१० जीबी२ पैसा
एनसेल ७ दिन२९३.६९ १५ जीबी२ पैसा

* एनसेलमा भने यो प्याक राती १२ बजेदेखि बेलुका ६ बजेसम्म मात्र प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४