close

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने पूर्व सचिव उपाध्याय पक्राउ

टेकपाना टेकपाना

बैशाख १०, २०७७ २३:३९

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने पूर्व सचिव उपाध्याय पक्राउ

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय पक्राउ परेका छन् । सामाजिक सञ्जालमा सरकारको खरो आलोचना गर्दै आएका सचिव उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।

उनलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पूर्व सचिव उपाध्याय ललितपुरबाट पक्राउ परेका हुन् ।

पूर्व माओवादी निकट मानिने उनी सामाजिक सञ्जालमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारको खरो आलोचना गर्दै आएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३