काठमाडौं । स्पोटीफाई, ग्रुपमी, पिन इन्ट्रेस्ट र टिकटक जस्ता लोकप्रिय एपहरु बुधबार साँझ युजर आईओएसमा क्य्राश भएका रिपोर्टहरु आएका छन् । गिट हबका अनुसार यसपछाडिको कारण फेसबुकको एसडीके अर्थात् सफ्टवेयर डेभलपमेन्ट किट रहेको छ ।
डाउनडिटेक्टरले प्यासिफिक टाइम अनुसार साँझको साढे तीन बजेदेखि साढे पाँच बजेसम्म युजर क्र्यासका दशाैं हजार रिपोर्टहरु प्राप्त गरेको थियो । त्यसबीच अन्य धेरै लोकप्रिय एप्समा पनि सोही प्रकृतिका रिपोर्टहरु आएका थिए । पछि त्यस्ता घटनाहरुका रिपोर्टहरु कम हुँदै गएको बताइएको छ ।
प्रयोगकर्ताहरुले आफ्ना एप्सहरु लञ्च हुनेबित्तिकै बन्द भएको रिपोर्ट गरेका थिए । धेरै लोकप्रिय एपहरु लञ्च हुँदै गर्दा फेसबुकको सर्भरसँग तत्काल कनेक्ट हुन्छन् ।
टेक कम्पनीका डेभलपरहरु कम्पनीको लग ईन पोर्टलका लागि फेसबुकको एसडीकेमा विज्ञापनका लागि निर्भर हुन्छन् । यसअघि आएको रिपोर्टले यस्ता घटनाबाट प्रभावित प्रयोगकर्ताहरुलाई फेसबुक लग ईन प्रयोग गर्न नहुने संकेत गरेको थियो ।