युट्युव भर्सेस टिकटक: टिकटक स्टारविरुद्धको उजुरीदेखि प्लेस्टोरको रेटिङ डाउनसम्म
जेठ ६, २०७७ १६:०
काठमाडौं । भारतका टिकटक स्टार फेजल सिद्दिकी विरुद्ध साइबर अपराधको उजूरी दर्ता भएको छ । आफ्नो पछिल्लो भिडियोद्वारा महिलामाथि एसिड हमलालाई प्रोत्साहन गरेको आरोपमा साढे १३ करोड फलोअर रहेका टिम नवावका प्रिन्स फेजलविरुद्ध त्यस्तो उजूरी परेको हो ।
उक्त भिडियो हेर्ने ट्वीटर प्रयोगकर्ताहरुले विवाह वा प्रेम सम्बन्धलाई अस्वीकार गर्ने महिलाहरुमाथि एसिड आक्रमकण गर्न उक्त भिडियोले प्रोत्साहन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सिद्दिकीलाई कडाभन्दा कडा कानूनी सजाय हुनुपर्ने उनीहरुको माग छ ।
#BanTiktok
— Nishabh Jat (@JatNishabh) May 18, 2020
Tik tok popular creator promoting acid attack….. pic.twitter.com/OOzPB2nlgL
हाल ट्वीटरमा ह्यासट्याग ब्यान टिकटक इडिया र ह्यासट्याग एसिड अट्याक अहिले टप ट्रेण्डिङमा छ । भारतको राष्ट्रिय महिला आयोगले पनि टिकटक इन्डियासँग उक्त भिडियोलाई तुरुन्त हटाउन आग्रह गरेको छ ।
साथै आयोगले महाराष्ट्र प्रहरीकहाँ त्यस्तो भिडियो बनाउने सिद्दिकी विरुद्ध कानूनी कारावाहीको माग समेत गरेको छ । भारतीय जनता दलका एमएलए तजिन्दरपाल सिंह बग्गाले उक्त विवादित भिडियोलाई ट्वीटरमार्फत भर्त्सना गरेपछि उक्त प्रकण चर्चामा आएको हो ।
This Idiot is Promoting acid Attacks on Girls. Take legal action on this inhuman behaviour. Promoting Acid attacks is crime he should be in Jail now. #BanTiktok pic.twitter.com/CDu8gWKmoz
— Anonymous (@Anonymo57088126) May 18, 2020
यसपश्चात यो मामिला प्रहरी र टिकटक इन्डियासम्म पुगेको आयोगकी अध्यक्ष रेखा शर्माले बताएकी छन् । टिकटकले यस विषयमा मिडियामा कुनै प्रतिक्रिया दिएको छैन ।
I am of the strong openion that this @TikTok_IN should be banned totally and will be writting to GOI. It not only has these objectionable videos but also pushing youngsters towards unproductive life where they are living only for few followers and even dying when no. Decline. https://t.co/MyeuRbjZAy
— Rekha Sharma (@sharmarekha) May 19, 2020
तर सिद्दिकीले भने उक्त भिडियो आफूले एक महिना अघि अपलोड गरेको र हाल भारतमा चलिरहेको युट्युवर र टिकटकरहरुबीचको द्वन्द्वको कारण यो भिडियो एकाएक भाइरल गराइएको बताएका छन् ।
उनले वक्तव्य जारी गर्दै आफ्नो भिडियोले एसिड आक्रमणलाई प्रस्तुत नगरेको तर मानिसरुले आफ्नो भिडियोलाई महिला विरोधी करार दिएको भन्दै आफ्नो बचाउ गरेका छन् । वितेको केही दिनयता इन्टरनेटमा युट्युवर र टिकटकका समर्थकहरुबीच ठूलो लडाईं जारी छ ।
‘युट्युव भर्सेस टिकटक: द इण्ड’ शिर्षकको एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि मानिसहरुबाट थरी थरीका प्रतिक्रियाहरु आउन थालेका छन् ।
BAN such TikTok creators or #BanTikTokIndia ? We need some strict action against such creators who r constantly trying to convert this in to communal issue. Such creators are harmful to d society/culture/communities.https://t.co/z2pEolHwLk @AmitShah @narendramodi @CarryMinati
— Aditi Raval (@aditiraval) May 14, 2020
उक्त भिडियो गत मे ८ मा युट्युव सेन्सेसन क्यारी मिनाटी अर्थात् अजेय नागारले शेयर गरेका थिए । उक्त भिडियोमा उनले टिकटक कम्युनिटीमार्फत सोसल मिडिया इन्फ्लुयन्सर अमिर सिद्दिकीको विषयमा उल्लेख गरेका थिए ।
भारतका टिकटक स्टारहरुलाई पात्र बनाइएको उक्त भिडियोले युट्युवमा ७ करोडभन्दा बढी पटक हेरिएको थियो । उक्त भिडियो भारतको सबैभन्दा धेरै रुचाइएको गैर म्युजिक युट्युव भिडियो बनेको थियो ।
तर समलिङ्गीहरु प्रति नकरात्मक टिप्पणी गरेको भन्दै धेरै भ्यूअरहरुले उक्त भिडियोमाथि रिपोर्ट गरेपछि भिडियोलाई युट्युवले हटाएको थियो । उक्त भिडियो युट्युवबाट हटाए लगत्तै ट्वीटरमा एउटा लहर पैदा भयो, जसले युट्युव स्टारहरुको न्यायको माग गर्दै देशमा टिक टकलाई प्रतिबन्ध लगाउन माग हुन थाल्यो ।
युट्युवका समर्थकहरुले उक्त भिडियो राम्रो र हानिकारक रहीत तथा ठट्टा मजाक भएको भन्दै त्यसको बचाउ गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा ह्यासट्याग क्यारी मिनाटी र ह्यासट्याग जस्टिस फर क्यारी को ट्रेण्डिङ सुरु भएको थियो ।
यसबीच अभिनेता हिमान्स कोहली पनि युट्युव स्टारको सपोर्टमा बाहिर आए । उनले उक्त भिडियो रमाइलो रोस्ट मात्र भएको र राम्रा सामाग्रीहरु मात्र पोस्ट गर्न उक्त भिडियोले सचेत बनाएको बयान दिए ।
तर क्यारी मिनाटीको उक्त भिडियोले प्लेस्टोरमा टिकटकको रेटिङलाई नै ठूलो क्षति पुर्यायो । केही दिनमै उक्त एपको रेटिङ ४.५ बाट ३.२ मा झर्यो । यसबीच युट्युव समर्थकहरुले युट्युवमा पोस्ट भएका धेरै टिकटक भिडियो भिजिट गरेर त्यहाँ डिसलाइक समेत गरेका छन् ।
यसबीच युट्युव कन्टेन्ट क्रिएटरहरुको समर्थन गर्दै कतिपय प्रयोगकर्ताहरुले टिकटक एप पनि अनइन्स्टल गरेका छन् । कतिपयले आफ्ना साथीभाईलाई गूगल प्लेस्टोरमा टिकटकलाई कम रेटिङ दिन सुझाएका छन् ।

क्यारी मिनाटीको हाल युट्युवमा एक करोड ८१ लाखभन्दा बढी सब्स्क्राइबरहरु छन् । उनी भारतको सबैभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर हुन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
