close

आधिकारिक रुपमै नेपाल भित्रियो जूम, अब यसरी लिनुहोस् सशूल्क भर्सन

टेकपाना टेकपाना

जेठ २७, २०७७ १०:३३

आधिकारिक रुपमै नेपाल भित्रियो जूम, अब यसरी लिनुहोस् सशूल्क भर्सन

काठमाडौं । कोरोनाभाइरसको महामारी तथा लकडाउन सुरु भएसँगै भिडियो कन्फ्रेन्सका लागि जूम निकै चल्तीको माध्यम बनेको छ । बजारमा रहेका पुराना खेलाडीलाई जिल्याउँदै छोटो समयमै चर्चाको शिखर चुम्न सफल भएको जूमले अब आधिकारिक रुपमै नेपाली बजारमा प्रवेश पाएको छ ।

जूमको आधिकारिक तथा अफिसियल साझेदारको रुपमा जेनेस सफ्टले जूमलाई नेपाल भित्र्याएको हो । कम्पनीका संस्थापक अञ्जनि फुयाँलले नेपालका लागि जूमको साझेदार बन्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रयोगकर्तामैत्री फिचर तथा सहजताका कारण अन्य प्रतिस्पर्धी सेवाहरुभन्दा जूमले आफूलाई फरक रुपमा स्थापित गरेको छ । त्यसो त सेवाको प्रयोग बढ्दै गएसँगै सुरक्षा तथा गोपनीयताका प्रश्न समेत कम्पनीको सेवामाथि उब्जिएका थिए ।

आफ्नो सुरक्षा कमजोरीलाई सम्बोधन गर्दै जूमले भर्खरै ईण्ड टू ईण्ड इन्क्रिप्सन फिचर समेत प्रयोगमा ल्याएको छ । तर यस्तो फिचर व्यवसायीक तथा सशूल्क भर्सनका प्रयोगकर्तालाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुरुवाती समयमा विजनेस तथा व्यवसायीक मिटिङका लागि डिजाइन गरिएको जूम अहिले सबै तह र तप्काका प्रयोगकर्ताको प्रिय माध्यम बनिसकेको छ । आफ्नो सुरुवाती लक्षअनुरुप नै कम्पनीले ईण्ड टू ईण्ड इन्क्रिप्सनको सुविधा व्यवसायीक प्रयोगकर्तालाई मात्र उपलब्ध हुने बताएको छ ।

यस्तो अवस्थामा नेपालमा कम्पनीको सशूल्क सेवा प्रयोग गर्न आवश्यक भुक्तानीको माध्यमको रुपमा जेनेसले सहयोग गर्नेछ । यदि तपाईं पनि व्यवसायीक प्रयोजनका लागि जूम सफ्टवेयर तथा एप्लिकेसन खरिद गर्न चाहनुहुन्छ भने जेनेस सफ्टमा सम्पर्क राख्न सक्नुहुनेछ ।

त्यसका लागि यहाँ क्लिक गरी कम्पनीलाई ईमेल पठाउन सक्नुहुनेछ । प्राप्त ईमेलका आधारमा कम्पनीका कर्मचारीले सम्पर्क गरी जूमको सशूल्क भर्सन उपलब्ध गराउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०