close

आजदेखि एनसेलको रिचार्जमा बोनस नपाइने

टेकपाना टेकपाना

जेठ ३२, २०७७ १६:५

आजदेखि एनसेलको रिचार्जमा बोनस नपाइने

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले रिचार्जमा दिँदै आएको बोनस सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोनाभाइरसका कारण लागु लकडाउन अवधिका लागि सुरु गरेको रिचार्जमा बोनस दिने योजना बन्द गर्न लागेको हो ।

कम्पनीले शनिबार एक सूचना जारी गर्दै १३ चैतदेखि लागु गरिएको रिचार्जमा १२० प्रतिशत बोनस दिने योजना जेठ ३२ गतेबाट बन्द हुने जनाएको छ । एनसेलले सेवा बन्द गर्दा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ ।

कम्पनीले तीन दिनसम्म प्रयोग गर्न मिल्ने गरी आफ्ना प्रयोगकर्तालाई रिचार्ज गर्दा बोनस दिँदै आएको थियो । जसबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिन्थ्यो । ।

रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा दिइदै आएको यस्तो बोनस सेवा बन्द गरिएको हो ।

नेपाल सरकारको निर्णय तथा नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमले रिचार्जमा बोनस दिँदै आएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०