एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनी श्रीमती प्रिसेला चानले १४० जना वैज्ञानिकहरुले गत हप्ता पठाएको खुल्ला पत्रको जवाफ दिएका छन् । ती सबै वैज्ञानिकहरु चान जुकरबर्ग इनिसिएटिभ्सद्वारा प्रायोजित परियोजनामा कार्यरत छन् ।
वैज्ञानिकहरुको खुल्लापत्रमा फेसबुकले कुनै पनि समूहप्रति लक्षित भेदभावजन्य भाषा, भ्रामक, हानीकारक तथा अमर्यादित सूचनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा चिन्ता व्यक्त गरिएको थियो ।
विशेषत: ट्रम्पको अमर्यादित, रंगभेदी अभिव्यक्तिमाथि फेसबुक कम्पनीको प्रतिक्रियालाई लिएर ती वैज्ञानिकहरुले खुल्लापत्रमार्फत चिन्ता जाहेर गरेका थिए ।
पत्रको जवाफमा चान र जुकरबर्गले वैज्ञानिकहरुलाई धन्यवाद दिदैँ लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको त्यस्तो विभाजनकारी तथा भड्काउ अभिव्यक्तिबाट व्यक्तिगत रुपमा हामी पनि एकदमै मर्माहित र निराश भएका छौं ।’
जातीवादको मुद्दा र सामाजिक न्यायसँग जोडिने सामग्री सम्बन्धी आफ्नो नीतिलाई पुनरावलोकन गर्न कम्पनी के गर्दैछ भन्ने विषयमा फेसबुकले हालै एउटा ब्लग लेखेको थियो ।
NEW —
Mark Zuckerberg & Priscilla Chan have responded to the 270+ scientists at the @ChanZuckerberg Initiative who called on Zuckerberg to curb misinformation.
Zuckerberg says he and Chan are "deeply shaken and disgusted by President Trump’s divisive and incendiary rhetoric." pic.twitter.com/j5ziU15Ik9
चान जुकरबर्ग इनिसियटिभ्सको मूख्य नेतृत्वले पत्रमार्फत फेसबुकका नीति नै आफ्नो नीति नभएको स्पष्ट पारेको छ ।
यद्यपी आफ्नो दृष्टिकोणको रुपमा रंगभेदी असमानता र अन्यायलाई सम्बोधन गर्न फेसबुकलाई सल्लाह दिइने उल्लेख गरिएको छ । तर जुकरबर्ग र चानको पत्रले वैज्ञानिकहरुको सरोकारलाई राम्रोसँग सम्बोधन गर्न भने सकेको छैन ।