close

इन्स्टाग्रामले चोर्यो अरुको फिचर, थ्रेड नामक एप सार्वजनिक

टेकपाना टेकपाना

असोज २२, २०७६ ८:४५

इन्स्टाग्रामले चोर्यो अरुको फिचर, थ्रेड नामक एप सार्वजनिक

फेसबुक स्वामित्वको फोटो सेयरिङ साइट इन्स्टाग्रामले अरुका धेरै फिचर चोरेर आफूलाई प्रयोगकर्ता मैत्री बनाएको छ । जस्तो कि उसले स्टोरिज नामक फिचर प्रतिस्पर्धी एप स्न्यापच्याटबाट चोरेको हो ।

स्न्यापच्याटमा स्टोरिज फिचरको लोकप्रियता बढी रहेको बेलामा इन्स्टाग्रामले त्यसको सिको गरेपछि सानो कम्पनी स्न्यापच्याट समस्यामा परेको थियो ।
अहिले पनि इन्स्टाग्रामले अरुको फिचर चोर्न भने छाडेको छैन ।

यसै साता इन्स्टाग्रामले थ्रेड नामक नया“ एप सार्वजनिक गरेको छ । जसमा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुमाझ कुराकानी गर्न पाउ“छन् ।
इन्स्टाग्रामको यो एप हेर्दा यो ठ्याक्कै स्न्यापच्याटको फिचरको नक्कल गरिएझैं लाग्छ ।

थ्रेड एप क्यामेरामा आधारित छ । यसको अर्थ हो प्रयोगकर्ताले यसबाट अक्षरहरु पठाउने भन्दा पनि आफ्ना साथीभाईमाझ भिडियो वा फोटो आदानप्रदान गर्न सक्छन् ।
फेसबुक र म्यासेन्जर छुट्टाछुट्टै भएजस्तै यो इन्स्टाग्रामको म्यासेजिङ फिचर डाइरेक्टको विस्तारित रुप हो ।

इस्न्टाग्राम फोनमा इन्स्टल नभए पनि थ्रेड प्रयोग गर्न सकिन्छ । यसरी तुलना गर्दा फेसबुक एपबाट च्याटलाई छुट्याएजस्तै इन्स्टाग्रामले आफ्नो एपबाट म्यासेज फिचरलाई छुट्याउन लागेको भान हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३