close

यूरोपको अदालतले चाहे फेसबुकले विश्वभरका प्रयोगकर्ताको पोष्ट हटाउनुपर्ने

टेकपाना टेकपाना

असोज २४, २०७६ ८:४५

यूरोपको अदालतले चाहे फेसबुकले विश्वभरका प्रयोगकर्ताको पोष्ट हटाउनुपर्ने

प्रयोगकर्ताले गरेको पोष्ट फेसबुक जस्ता कम्पनीले हटाउन मिल्छ कि मिल्दैन ? यो बिषयमा धेरै बहस भइसकेको छ । अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरु प्रयोगकर्ताले जे पोष्ट गरे पनि सामाजिक सञ्जाल कम्पनीले हटाउन नहुने तर्क गर्छन् ।

तर, यस्तो तर्कलाई विभिन्न देशका कानुनले भने मान्दैनन् । भर्खरै अष्ट्रियाको अदालतले सामाजिक सञ्जालमा पोष्ट हुने सामग्री हटाउने बिषयमा नयाँ आदेश दिएको छ ।
आदेश अनुसार अब कुनै पनि यूरोपियन देशका अदालतले भनेको पोष्ट फेसबुकले हटाउनुपर्छ । साथै, एउटा पोष्ट हटाउन आदेश दिंदा अरुले त्यस्तै खालको पोष्टहरु लेखेमा त्यसलाई पनि हटाउनु पर्छ ।

फेसबुकले यूरोपियन देशहरुका प्रयोगकर्तामाझ मात्र त्यस्ता पोष्ट हटाएर हुन्न, अदालतले आदेश दिए त्यस्ता पोष्टहरु विश्वभरका प्रयोगकर्ताले नदेख्ने गरी डिलिट गर्नुपर्ने हुन्छ ।

अष्ट्रियाली एक नेतामाथि फेसबुकमा गरिएको पोष्टविरुद्ध परेको उजुरीमा अदालतले यस्तो आदेश दिएको हो ।

फेसबुकले भने यस्तो आदेशले प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन् हुने टिप्पणी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३