close

अब भीआरबाट ‘हलेट कोभ’को २६ लाख वर्ष पुरानो इतिहास हेर्न सकिने

टेकपाना टेकपाना

भदौ १०, २०७७ १२:५८

अब भीआरबाट ‘हलेट कोभ’को २६ लाख वर्ष पुरानो इतिहास हेर्न सकिने

काठमाडौं । दक्षिण अष्ट्रेलियाको हलेट कोभ संरक्षण पार्क एउटा भौगर्भिक र पुरातात्विक सम्पदा क्षेत्र हो । याे सम्पदा क्षेत्रमा २६ लाख वर्ष पुरानो आइस युगको कलाकृति रहेकाे दाबी गरिन्छ ।

यो राष्ट्रिय पार्कले पर्यटकहरुलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । यसैबीच युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाको प्रोजेक्ट लाइभ टिमले फ्रेमवर्क भीआर र अष्ट्रेलियन इन्स्टिच्यूट अफ माइनिङ एण्ड मेटालर्जीसँग साझेदारी गरी पुरानाे इतिहास अहिलेकाे प्रविधिकाे सहायताले अध्ययन गर्न मिल्ने सुविधा ल्याएकाे छ ।

याे साझेदारीसँगै अब भर्चुअल रियालिटीकाे प्रयाेग गरी हलेट काेभभित्र रहेका चट्टान, खनिज पदार्थ वा जीवाश्माहरूकाे अनुभव लिन मिल्ने बनाइने छ । यसका लागि थ्रीडी माेडल र भर्चुअल रिलायटीकाे प्रयाेग गरी हलेट काेभकाे इतिहास डिकाेडिङ गरिएकाे छ ।

भीआर हेडसेटबाट एक्सेस गरी एउटा वास्तविक जस्तो लाग्ने याे भर्चुअल अर्थात् अनलाइन अनुभव मात्र हो । यस कार्यक्रमबाट मानिसहरुले हलेट कोभका १७ वटा महत्वपूर्ण भौगर्भिक क्षेत्रहरुको भर्चुअल यात्रा तथा अवलोकन गर्नसक्छन् । 

यो कार्यक्रमका लागि ड्रोनबाट ३६० डिग्रीको पानोरामा तथा थ्रीडी मोडलको तस्वीर लिइनेछ । 

भीआर हेडसेट नहुनेहरुले ‘जियो टुर्स’ वेबबाट अनलाइन नै एक्सेस गर्नसक्छन् । यो वेबमा ३६० डिग्री इमेज, अन्तर्क्रियात्मक थ्रीडी आउटक्रप मोडल तथा डीप जूम इमेजहरु हुन्छन् । 

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका उप-प्राध्यापक एवं प्रोजेक्ट लिडर टोम राइमोण्डो भन्छन्, ‘अन्य भीआर अनुभवभन्दा यो सामान्य तस्वीर र थ्रीडी मोडलभन्दा फरक हो । यसले मानिसहरुलाई अनुभवसँगै सिकाई प्रदान गर्दछ ।’

यसलाई ‘इन्टरयाक्टिभ गेमिफाइड एक्सपिरियन्स’को रुपमा डिजाइन गरिएको उनी बताउँछन् । यसले हलेट कोभको भौगर्भिक गोप्य कुराहरुलाई खुलासा गरी मानिसहरुलाई चुनाैती दिएर विज्ञानमा संलग्न गराउँछ । 

यो भीआर अनुभवमा मानिसहरुलाई भर्चुअल रोबोटले गाइड गर्दछ । साथै यसभित्र मानिसहरु क्वीजमा सहभागी हुनसक्छन्, थ्रीडी पत्थर र एप्लिकेसनमा लुकेका सूचना संकलन गर्न सक्छन् । 

यसको शैक्षिक पक्षबाहेक ‘बियोण्ड दी आइस’ कार्यक्रमलाई फिल्ड वर्कका लागि समेत प्रयोग गर्न सकिने राइमोण्डो बताउँछन् । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३