close

२५ वर्षको भयो विण्डोज ९५, यसरी भएको थियो सुरुवात

टेकपाना टेकपाना

भदौ ११, २०७७ १३:१२

२५ वर्षको भयो विण्डोज ९५, यसरी भएको थियो सुरुवात

काठमाडौं । आजभन्दा २५ वर्षअघि समय । मानिसहरु मध्यरातमा अमेरिकाका ठूला कम्प्युटर खुद्रा स्टोर कम्प युएसए र बेस्ट बाइमा लाइन लागेर उभिएका थिए । 

यो कुनै ‘कल अफ ड्युटी’ गेम, एप्पलको लेटेस्ट आईपोड वा कुनै त्यस्तो नयाँ हार्डवेयर थिएन, जसका लागि यी ग्राहकहरु कुरिरहेका थिए । वास्तवमा त्यो एउटा सफ्टवेयर थियो, विण्डोज ९५ । 

२४ अगस्ट १९९५ मा माइक्रोसफ्टको विण्डोज ९५ सार्वजनिक भएको थियो । यो एकदमै ठूलो अपेक्षाका साथ सार्वजनिक भएको थियो । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको साथमा हलिउड हास्य कलाकार जे लेनोले उक्त सफ्टवेयर सार्वजनिक गरेका थिए । 

त्यो दिन माइक्रोसफ्टको लागि निकै ठूलो उत्सव थियो । आज हामीले कम्प्युटरमा जुन स्टार्ट बटन थिच्छौं, त्यसलाई ‘स्टार्ट मी अप’ भनेर टेलिभिजनहरुमा ठूला ठूला विज्ञापनहरु प्रसारण भइरहेका थिए ।

कम्पनीले विण्डोज ९५ को लागि जेनिफर एनिस्टोन र म्याथ्यू पेरीलाई ल्याएर घण्टौं लामो साइबर सिटकम बनाएको थियो । विण्डोज ९५ सफ्टवेयर यति धेरै चर्चित बन्यो कि पहिलो पाँच हप्तामा नै यसको ७० लाख कपी बिक्री भयो । 

विण्डोज ९५ सार्वजनिक हुँदाको भिडियो

सार्वजनिक समारोहको त्यो तामझाम बाहेक कम्प्युटर गिक्स अर्थात् प्रविधिका जानकारहरु विण्डोज ९५ को उच्चतम् अनुभव लिन पेन्टियम तथा ४८६ प्रोसेसर, आईडीई तथा एससीएसआई हार्ड ड्राइभ, डबल स्पीड सीडी रोम र साउण्ड ब्लास्टर अडियो कार्डबीच कुन छनाेट गर्ने भनेर सोचिरहेका थिए । माइक्रोसफ्टले उक्त सफ्टवेयरमा धेरै नयाँ फिचरहरु थप गरेको थियो ।

तर सबैभन्दा ठूलो फिचर भनेको नयाँ स्टार्ट बटन, मेनु, टास्कबार थिए । यी फिचरले एप्लिकेसन डिस्कभर गर्न र अपरेटिङ सिस्टमलाई नेभिगेट गर्न सजिलो बनाइदिएको थियो । विण्डोज ३.१ र एमएस डसबाट ९५ मा जाँदा मल्टिटास्किङमा सुधार र ग्राफिकल इन्टरफेस सबैभन्दा ठूला छलाङ थिए । तर त्यो इन्टरफेस मसिनटोस र ओएस/२ का प्रयोगकर्ताहरुका लागि भने उस्तै नै थिए । 

विण्डोज ९५ को सबै कुरा स्टार्ट बटन मात्र होइन । ३२ बिटको ओएस (अपरेटिङ सिस्टम) बाहेक यसमा रहेको अर्को महत्वपूर्ण फिचर भनेको यसले २५० भन्दा धेरै शब्द भएको लामो फाइलनेमलाई समेत सपोर्ट गर्दथ्यो ।

आज २०२० को एउटा आधारभूत फिचर लाग्छ, तर तत्कालीन अवस्थामा यो फिचरले नेमिङ डकुमेन्टलाई धेरै नै सजिलो बनाइदिएको थियो । यसको अर्को ठूलो फिचर भनेको प्लग र प्ले हो । यसले हार्डवेयरलाई स्वचालित रुपमा डिटेक्ट र इन्स्टल गर्दछ । पछिल्ला रिलिजहरुमा प्लग तथा प्लेमा निकै सुधार भयो । 

विण्डोज ९५ मा थिए अरु नयाँ फिचर

विण्डोज ९५ का लागि माइक्रोसफ्टसँग अन्य महत्वकांक्षी योजनाहरु पनि थिए । एउटा नयाँ माइक्रोसफ्ट नेटवर्क एमएसएन एप्लिकेसन डेस्कटिममा महत्वपूर्ण आइकनसहित आएको थियो । ईमेल, च्याटरूम, न्युजग्रूप र डायलअप कनेक्सनद्वारा पहिलो डब्लुडब्लुडब्लु होम पेजमा एक्सेस दिन एमएसएनको डिजाइन गरिएको थियो ।

एमएसएनमा एक्सेस पाउन महिनैपिच्छे सब्स्क्रिप्सन लिनुपर्ने हुन्थ्यो । यदि त्यसलाई महिनामा तीन घण्टाभन्दा धेरै प्रयोग गरियो भने अतिरीक्त शुल्क लाग्ने गर्दथ्यो । इन्टरनेट र डायलअप कनेक्सनका ती सुरुवाती दिनहरु थिए । एमएसएन अहिले विभिन्न टेलर एप वा ब्राउजरको माध्यमबाट वेब सर्भिसको रुपमा अस्तित्वमा छ । 

माइक्रोसफ्टले विण्डाेज ९५ मा धेरै मसिनबीच डेटालाई सिंक गर्ने आफंनो आइडियालाई पहिलोपटक बाहिर ल्याएको थियो । माईब्रिफकेसले ल्यापटप र डेस्कटप मसिनबीचको डेटालाई सिंक गर्दथ्यो ।

अहिलेको आधुनिक विण्डोजहरुमा यी सबै क्लाउडमा आधारित भएका हुन्छन् । जसलाई माइक्रोसफ्टको वान ड्राइभ स्टोरेज सर्भिसले सम्भव तुल्याएको हो । साथै माइक्रोसफ्टले विण्डोज ९५ मा युजर प्रोफाइल सपोर्ट फिचर पनि ल्याएको थियो ।

ताकि घरका धेरैजना सदस्यहरुले साइन ईन गरेर लिंक तथा एप्लिकेसनबाट भिन्दाभिन्दै प्रोफाइलहरु बनाउन सकुन् । यदि तपाईं माइक्रोसफ्ट ९५ को नयाँ फिचरबाट खुशी हुनुहुन्न थियो भने तपाईंले माइक्रोसफ्ट प्लस पनि खरिद गर्न सक्नुहुन्थ्यो । 

विण्डज ९५ सार्वजनिक समारोह
विण्डोज ९५ अन गर्दाको आवाज

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३