close

शुक्रबार दिमागसँगको सम्पर्कमा काम गर्ने प्रविधिको पहिलो डेमो प्रस्तुत गर्दै एलोन मस्क !

टेकपाना टेकपाना

भदौ ११, २०७७ २२:१७

शुक्रबार दिमागसँगको सम्पर्कमा काम गर्ने प्रविधिको पहिलो डेमो प्रस्तुत गर्दै एलोन मस्क !

काठमाडौं । एलोन मस्ककाे गोप्य न्यूरोटेक कम्पनी न्यूरोलिंकले आफ्नो वर्किङ ‘डिभाइस’ शुक्रबार स्थानीय समय अनुसार साँझ ६ बजे प्रदर्शन गर्ने भएका छन् ।  उक्त उपकरण न्यूरोटेक कम्पनीको ब्रेन मसिन इन्टरफेस हुन सक्ने अपेक्षा गरिएको छ । 

आफ्नो ब्रेन मसिन इन्टरफेसको विषयमा मस्कले बारम्बार सार्वजनिक रुपमा बोल्दै आइरहेका छन् । बीएमआई (ब्रेन मसिन इन्टरफेस) उपकरणले मानिसको मस्तिष्कलाई शक्ति प्रदान गरेर आर्टिफिसियल इन्टेलिजेन्सकै रफ्तारमा पुर्‍याउन सक्नेमा एलोन विश्वास गर्छन् । 

तर हालका लागि यो उपकरणलाई एकदमै साधारण प्रयोजनका लागि प्रयोग गर्ने कम्पनीको उद्देश्य छ । एलोन आईबीएमबाट एउटा इम्प्लान्टेबल डिभाइस (मुटुको धड्कन र दिमागबाट चल्न सक्ने शरीरमा टाँसेर राखिने उपकरण) उपकरण बनाउन चाहन्छन्, जसमा मानिसहरुले आफ्नो मस्तिष्कबाट फोन तथा कम्प्युटरसँग सोझै प्रयोग गर्न सकुन् । 

मस्कले अगस्ट २८ मा प्रदर्शन गर्ने बताइएको यो प्रगतिको अपडेटबारे गत जुलाइमा नै घोषणा गरेका थिए । अहिले उनले यसबारे थप विवरण शेयर गरेका छन् । 

अपडेट प्रदर्शनमा दोस्रो पुस्ताको रोबोट डिजाइनलाई पनि सार्वजनिक गरिनेछ । यसलाई कम्पनीले आफ्नो बीएमआईको मस्तिष्कमा जडान गर्नेछ । यसबाहेक कम्पनीले ‘फायरिङ ईन रियल टाइम’ नामको न्यूरोनको समेत प्रदर्शन गर्नेछ । तर यो कस्तो प्रविधि हो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन । 

मस्कका अन्य भेन्चरहरु टेस्ला र स्पेस एक्सको तुलनामा न्यूरोलिंक अझ धेरै महत्वकांक्षी छ । न्यूरोलिंक मानिसको कपालभन्दा झिँनो इलेक्ट्रोड्स हो, जसलाई थ्रेड नाम दिइएको छ ।

त्यसलाई प्रयोग गरेर मानव मस्तिष्कसँग जोड्न चाहन्छ । हाल यो कामको लागि बीएमआईले कडा इलेक्ट्रोड प्रयोग गरिरहेको छ । तर यसबाट क्षति हुने जोखिम हुन्छ । 

अर्कोतिर लचिलो इलेक्ट्रोड एकदमै संवेदनशील हुने भएको हुँदा यसलाई छिराउन एकदमै चुनौतीपूर्ण काम हुन्छ । यसकारण यो कामलाई पुरा गर्न कम्पनी अहिले सिलाउने मसिन जस्तो रोबोटको प्रयोग गर्नेमा केन्द्रीत छ ।

चिकित्सा क्षेत्रमा एलोन मस्कको यसप्रकारको संलग्नतालाई धेरै वैज्ञानिकहरुले स्वागत गरेका छन् । किनभने बीएमआईको यो प्रविधिले न्यूरोलोजिकल डिसअर्डर तथा प्यारालाइसिस भएका मानिसहरुलाई सहयोग गर्नेछ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०