close

सामसङले ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि-बूकिङ लम्ब्यायो

टेकपाना टेकपाना

भदौ १२, २०७७ १४:४६

सामसङले ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि-बूकिङ लम्ब्यायो

काठमाडौं । सामसङ नेपालले आफ्ना नयाँ फ्ल्यागशिप फोनहरु ग्यालक्सी नोट ट्वान्टी र ग्यालक्सी नोट ट्वान्टी अल्ट्राकाे प्रि-बूक विस्तार गर्ने घोषणा गरेको छ।

देशका अधिकांश भाग कोभिड १९ द्वारा प्रभावित भएका अवस्थाका कारण कम्पनीले प्रि-बूक अवधि भाद्र १९ सम्म विस्तार गर्ने निर्णय गरेको हाे ।

अब ग्राहकहरूले सबै रोमाञ्चक प्रि-बूक अफरहरु विस्तारित अवधिसम्म लिन सक्नेछन्। ग्यालेक्सी नोट ट्वान्टीको नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ग्यालेक्सी नोट ट्वान्टी अल्ट्राको बजार मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी नोट ट्वान्टी तथा ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा फोन भदौ १९ सम्म ग्राहकहरुले सामसङ ब्राण्डसप मार्फत तथा रिटेल स्टोरहरुबाट बूकिङ गर्न सक्नुहुने छ । यी फोन प्रि-अर्डर गर्दा सामसङले विभिन्न आकर्षक गिफ्ट र छुटसमेत प्रदान गर्ने जनाएको छ ।

ग्यालक्सी नोट २० अल्ट्रा को प्रि–बुकिङ्ग गर्ने ग्राहकहरुले यीमध्ये कुनै एक छनौट गर्न सक्नेछन् :

  • ग्यालेक्सी बड प्लस, वा
  • ग्यालेक्सी वाच ३ (४५ एमएम) रु २९,९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) रु २७,९९९ मा खरिद गर्न, वा
  • सामसङ एलईडी टिभी (३२ इन्च) रु ८,९९९ मा खरिद गर्न

ग्यालक्सी नोट २० को प्रि–बुकिङ्ग गर्ने ग्राहकहरुले यीमध्ये कुनै एक छनौट गर्न सक्नेछन् :

  • ग्यालेक्सी बड प्लस, वा
  • ग्यालेक्सी वाच ३ (४५ एमएम) रु ३९,९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) रु २९,९९९ मा खरिद गर्न, वा
  • सामसङ एलईडी टिभी (३२ इन्च) रु ९,९९९ मा खरिद गर्न

यसका साथै, प्रि–अर्डर गर्दा विभिन्न गिफ्ट पनि प्राप्त गर्न सकिने छ । टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७५ प्रतिशतसम्म छुट तथा इकोनोमिक्स क्लासको टिकट खरिदमा ५५ सम्म छुट प्राप्त गर्न सकिन्छ ।

साथै सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टका रुमहरु उपलब्ध, लेट मी ईनको सेवामा छूट, सेलपेका प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्टको व्यवस्था छ ।

अग्रिम अर्डर गरेकाा ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्युरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (ईएमआई) खरिद गर्न सकिने सुविधा पनि छ । साथै अर्को स्टोर तथा आईएमएस एसमार्ट मार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्न सकिने सुविधा रहेको छ ।

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरु लक्की ड्रका लागि स्वतः योग्य हुनेछन्, जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट युरोपेली युनियनका देशहरुमा दुईतर्फी बिजनेस क्लास टिकेट, दोस्रो, तेस्रो तथा चौथो हुने ग्राहकले ग्यालेक्सी बड प्लस प्राप्त गर्नेछन् ।

त्यस्तै पाँचौं र छैटौं हुने ग्राहकले हिमालयन फ्रन्ट होटल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्टमध्ये एकमा दुई रात बसाइ एक जोडीलाई बी एण्ड बी को बेसिसमा पाउनेछन् । सातौं भाग्यशाली विजेताले लेट मी ईनको तर्फबाट रु. १० हजार बराबरको कुपन पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०