काठमाडौं । नेपाल प्रेस युनियनको वेबसाइट ह्याक भएको छ । इण्डियन साइबर ट्रुप्स नामक ह्याकर समूहले युनियनकाे वेबसाइट ह्याक गरेकाे हाे ।
यसअघि सर्वाेच्च अदालत बार एशाेसिएसनकाे वेबसाइट पनि याे समूहले डिफेस गरेकाे थियाे । वेबसाइट ह्याक गर्दै युनियनकाे वेबसाइटमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकाे न्यायका लागि तस्वीर अपलाेड गरिएकाे छ ।
साथै ह्याकरले हत्या भएको सात सय ५० दिनभन्दा बढी हुँदा पनि नेपाल सरकारले कुनै पनि न्याय दिलाउन नसकेको भन्दै निर्मलाले न्याय पाउनुपर्ने कुरा उल्लेख गरेकाे छ ।