close

अब म्यासेन्जरमा जस्तै डेक्सटपमै इन्स्टाको म्यासेज

टेकपाना टेकपाना

असोज २७, २०७६ १४:४६

अब म्यासेन्जरमा जस्तै डेक्सटपमै इन्स्टाको म्यासेज

विशेषगरी इन्स्टाग्राम मोवाइलको लागि बनाइएको एप हो । त्यसैले पनि खासै प्रयोगकर्ताले डेक्सटपमा इन्स्टाग्राम प्रयोग गर्दैनन् । सानो स्क्रिनमा राम्रो देखिने इन्स्टाग्राम ठुलो स्क्रिनमा खासै आकर्षण नदेखिने भएकाले पनि डेक्सटपमा त्यति नरुचाइएको हो ।

यद्यपी, इन्स्टाग्रामले डेक्सटप भर्जनमा नयाँ सुविधा थप गर्ने तयारी गरेको छ । इन्स्टाग्रामले डेक्सटपमा हाल फेसबुकको म्यासेन्जर जस्तै गरी प्रयोग गर्न सकिने डाइरेक्ट म्यासेज (डीएम) ल्याउने तयारी गरेको जनाएको छ ।

योसँगै प्रयोगकर्ताले डेक्सटपमा पनि इन्स्टाग्रामको म्यासेज प्रयोग गर्न सक्ने अपेक्षा गर्न सकिन्छ । यसले इन्स्टाग्रामको वेभ एप अझ उपयोगी हुने देखिन्छ ।

इन्स्टाग्रामले ल्याउन लागेको यो सुविधाको बारेमा डेभलपर जेन म्यानचुन वाङले खुलासा गरेकी हुन् । उनी कोडसँग खेलेर कसले आगामी दिनमा के नयाँ सुविधा ल्याउँदै छ भनी पत्ता लगाउन विश्वमा चर्चित छन् ।
उनले पत्ता लगाएअनुसार इन्स्टाग्रामको डीएम अब फेसबुकको म्यासेन्जर जस्तै देखिने छ ।

जसमा तपाईले अन्य साथिहरुसँग गर्नुभएको कुराकानी साइडबारमा रहने छ । जुन हाल म्यासेन्जरमा रहेको छ । यस विषयमा फेसबुकका मालिक मार्क जुकरवर्गले यसअघि देखिनै बताउँदै आएका पनि हुन । उनले म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप एक अर्कोमा म्यासेज आदान प्रदान गर्न मिल्ने बनाउने समेत बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३