close

सेल पेबाट ग्यापुको शपिङ गर्दा हरेक दिन १ जनालाई शत प्रतिशत छूट

टेकपाना टेकपाना

असोज १८, २०७७ १६:२०

सेल पेबाट ग्यापुको शपिङ गर्दा हरेक दिन १ जनालाई शत प्रतिशत छूट

काठमाडौं । ग्यापु डट कमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट शत प्रतिशत क्यास ब्याक पाउने भएका छन् । ग्यापुसँगको सहकार्यमा भुक्तानी सेवा प्रदायक सेलकम प्रालीले आफ्ना ग्राहकहरुका लागि १०० प्रतिशत छूटको योजना ल्याएको हो ।

दशैंतिहार धमाका अन्तर्गत ग्यापुले विभिन्न कम्पनीसँगको सहकार्य गरिरहेको छ । ग्यापुसँगको सहकार्यमा सेल पेले बम्पर उपहार पनि ल्याएको छ ।

ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काका अनुसार बम्पर उपहारमा एक/एक जना भग्यशाली ग्राहकले ओस्मो एक्सन र माभिक मिनी फ्लाई ड्रोन पाउनेछन् । सेल पे बाट भुक्तानी गरिसकेपछि ग्राहकको नम्बर आफैं उक्त अफरको लागि रजिस्टर हुनेछ । योे योजना असोज १८ देखि २४ गतेसम्म लागु हुनेछ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०