close

भारतमा समेत ‘डाटा प्याक’बाटै टेलिकमको इन्टरनेट, सेवा सक्रिय यसरी गर्नुस्

टेकपाना टेकपाना

कात्तिक ३, २०७६ १६:२७

भारतमा समेत ‘डाटा प्याक’बाटै टेलिकमको इन्टरनेट, सेवा सक्रिय यसरी गर्नुस्

भारतमा समेत नेपाल टेलिकमको मोबाइलबाट डाटा प्याक लिएर इन्टरनेट चलाउन पाइने भएको छ । १ कात्तिक देखि लागु हुने गरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालनमा ल्याएको हो ।


कम्पनीले दैनिक, साप्ताहिक र मासिक गरी तीन किसिमका डाटा रोमिङ प्याक सार्वजनिक गरेको छ । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ ।

यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न मिल्ने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा रहेको छ ।

टेलिकमको डाटा रोमिङ प्याक सुविधा लिनका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेका भने हुनुपर्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले मोबाइलबाट *1415# डायल गरी तथा कम्पनीको मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्न सक्नुहुनेछ । पोष्टपेड मोबाइल ग्राहकहरुले भने सेवा लिनका लागि ग्राहक सेवा केन्द्रमै जानुपर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड (ल्याच) भइसकेपछि मात्र आफ्नो इच्छा अनुसारका प्याकहरु नेपाल टेलिकम एपमार्फत अथवा यूएसएसडी कोड *1415# डायल गरी खरिद गर्न सकिनेछ ।

नेपाल टेलिकम मोबाइल एप मार्फत तथा *1415# डायल गरी ‘इन्टरनेशनल सर्भिस’ मेनुभित्र गई प्राप्त निर्देशन अनुसार डाटा प्याक खरिदगर्न सकिने छ । साथै एसएमएसबाट समेत प्याक लिन सकिने कम्पनीले जनाएको छ । त्यसका लागि दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः INDRM1D, INDRM7D र INDRM28D लेखी १४१५ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

कम्पनीले गएको २० भदौ देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३