close

अनलाइन ट्र्याकिङबाट बचाउने फायरफक्स ब्राउजरको नयाँ फिचर

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १३:२०

अनलाइन ट्र्याकिङबाट बचाउने फायरफक्स ब्राउजरको नयाँ फिचर

प्रयोगकर्तालाई अनलाइन ट्र्याकिङबाट बचाउन वेब ब्राउजर फायरफक्सले नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले कुनै वेबसाइटले प्रयोगकर्ताको ब्राउजरबाट कुनै तथ्यांक लिन खोजे त्यसलाई रोक्नेछ भने त्यसको जानकारी प्रयोगकर्तालाई दिनेछ ।

मोजिल्ला फायरफक्स ७० भन्दा माथिको अपडेटमा यो फिचर उपलब्ध छ । यो फिचरले प्रयोगकर्तालाई ब्राउजिङ हिस्ट्री, क्रस साइट कुकिज र क्रिप्टोमाइनिङबाट बचाउनेछ ।

तथ्यांक संकलन गर्ने कुनै वेबसाइटलाई ब्लक गर्न नसके फायरफक्सले उक्त वेबसाइटलाई चम्किलो बनाएर संकेतद्वारा प्रयोगकर्तालाई तथ्यांक संकलन भइरहेको बिषयमा समेत जानकारी दिनेछ ।

विन्डोज र आइओएस दुवै अपरेटिङ सिस्टममा प्रयोग हुने मोजिल्ला फायरफक्समा यो फिचर उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३