close

१५ डिसेम्बरबाट बन्द हुँदै याहू ग्रुप

टेकपाना टेकपाना

असोज ३०, २०७७ ८:२४

१५ डिसेम्बरबाट बन्द हुँदै याहू ग्रुप

काठमाडौं । यदि तपाईं पनि याहु ग्रुप प्रयोग गर्दै आउनु भएको छ भने यो तपाईंका लागि दुःखद खबर हो । किन भने १५ डिसेम्बरबाट याहूको ग्रुप सेवा बन्द हुने भएको छ ।

भेरिजोनको स्वामित्व रहेको याहू कम्पनीले आफ्नो दोस्रो व्यवसायमा ध्यान केन्द्रीत गर्न चाहेका कारण ग्रुप सेवा बन्द गर्न लागिएको जनाएको छ । स्मरण रहोस्, भेरिजोनले सन् २०१७ मा याहूलाई खरिद गरेको थियो ।

आफूले लगातार रुपमा आफ्ना सेवाको अनुगमन गरिरहेको बताएको छ । लगाता रुपमा प्रयोगकर्तामा कमी आउँदै गएपछि सेवा सुचारु राख्न कम्पनीलाई मुस्किल भएको हो ।

१५ डिसेम्बर पश्चात याहू ग्रुपका प्रयोगकर्ताले ईमेल पठाउन र पाउन समेत सक्ने छैनन् । याहूको वेबसाइट १५ डिसेम्बरदेखि बन्द हुनेछ । यद्यपी याहूको मेल सेवा भने जारी रहने बताइएको छ ।

याहूले आफ्ना ग्रुप युजरलाई फेसबुक ग्रुप, गुगल ग्रुप, ग्रुप्स आईओ जस्ता वेबसाइटमा ग्रुप बनाउन सुझाव दिएको छ । यद्यपी यी सबैमा याहू ग्रुपका सदस्यहरुलाई एक्सपोर्ट गर्नका लागि सःशुल्क सेवा लिनुपर्नेछ ।

सँगसँगै कम्पनीले केवल एडमिनले मात्र ग्रुप मेम्बरको पुरा लिस्ट डाउनलोड गर्न पाउने स्पष्ट पारेको छ । याहुले सन् २०१८ मा आफ्नो याहू म्यासेन्जर सेवा बन्द गरेको थियो । १७ जुलाई २०१८ मा याहु म्यासेन्जर बन्द भएपछि सबै प्रयोगकर्तालाई नयाँ म्यासेजिङ स्क्विरलमा सारिएको थियो ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३