close

डिशहोमबाटै रिलिज भयो तमिल फिल्म ‘का पे रनसिंगम’

टेकपाना टेकपाना

असोज ३०, २०७७ ११:३३

डिशहोमबाटै रिलिज भयो तमिल फिल्म ‘का पे रनसिंगम’

काठमाडौं । डिटिएस सेवा प्रदायक डिशहोमबाटै बलिउडको चलचित्र ‘का पे रनसिंगम’ रिलिज भएको छ ।

पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा बलिउड फिल्म हेर्न पाउने सुविधा प्रदान गर्दै आएको डिशहोमले दोस्रो फिल्मको रुपमा तमिल फिल्म का पे रनसिंगम रिलिज गरेको हो ।

फिल्म आजैबाट डिशहोममा रिलिज भएको छ । दक्षिण भारतीय किसानहरुको कथा बोकेको फिल्म सत्य घटनामा आधारित रहेको छ, जसलाई सामाजिक चलचित्रको रुपमा हेरिएको छ ।

‘का पे रनसिंगम’ मा तामिल नायक विजय सेतुपथिको मुख्य भूमिका रहेको छ । यो चलचित्र सिनेमा घर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो प्रसारण हुने डिशहोमले जनाएको छ । जसमा बिहान १० बजे, दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने छ ।

असोज १६ गते रिलिज भएको चलचित्र ‘खाली पीली’ हेर्न चाहनुहुने दर्शकले विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने उल्लेख गरिएको छ ।

दैनिक ८ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र सञ्चालन हुनेछ ।

चलचित्र ‘का पे रनसिंगम’ अथवा ‘खाली पीली’ हेर्न आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६६००१– २२००० मा फोन गरेर पनि सेवा सुरुवात गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३