काठमाडौं । भाइबर, ह्वाट्सएप, म्यासेञ्जर लगायतका ओटीटी सेवाको प्रयोग काफी मात्रामा बढेको भए पनि अझै हरेक प्रयोगकर्ताले भ्वाइस सेवा प्रयोग गरिरहेकै छन् । यसका लागि ६ वटा सेवा प्रदायकले लाइसेन्स पाएको भए पनि ३ वटा कम्पनीले मात्रै सेवा दिइरहेका छन् ।
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम, निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल र स्मार्ट टेलिकमले मात्रै नेपालमा टेलिफोन सेवा उपलब्ध गराइरहेका छन् । तर तीनवटै कम्पनीको दस्तुर भने फरक-फरक छ ।
आज हामी तपाईंलाई एउटा नम्बरबाट मुलुकभित्रकै अर्को नम्बरमा कल गर्दा कति शुल्क लाग्छ भन्ने बारेमा बताउँदै छौं ।
नेपाल टेलिकम
| टेलिकमबाट | टेलिकममा | प्रति मिनेट (रु.) |
| प्रिपेड | टेलिकमका सबै नम्बरमा | १.५० |
| पोस्टपेड | टेलिकमका सबै नम्बरमा (पिक आवर) | १.०० |
| पोस्टपेड | टेलिकमका सबै नम्बरमा (अफ पिक आवर) | ०.५५ |
| नेपाल टेलिकमबाट | एनसेलमा | प्रति मिनेट शुल्क (रु.) |
| ल्याण्डलाइन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड | प्रिपेड/पोस्टपेड | १.८७ |
| जीएसएम प्रिपेड/ सीडीएमए प्रिपेड | प्रिपेड/पोस्टपेड | २.०० |
| नेपाल टेलिकमबाट | स्मार्टमा प्रति मिनेट शुल्क (रु.) |
| पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेड | २.०० |
एनसेल
| एनसेलबाट | एनसेल | प्रति मिनेट (रु.) |
| पोस्टपेड | प्रिपेड/पोस्टपेड | १.२८ |
| प्रिपेड | पोस्टपेड/प्रिपेड | २.५४ |
| एनसेलबाट | टेलिकम | प्रति मिनेट (रु.) |
| पोस्टपेड | टेलिकमका सबै नम्बरमा | १.५३ |
| प्रिपेड | टेलिकमका सबै नम्बरमा | २.५४ |
| एनसेलबाट | स्मार्टमा प्रति मिनेट (रु.) |
| पोस्टपेड | १.९२ |
| प्रिपेड | २.५४ |
स्मार्ट सेल
| स्मार्टबाट | सबै नम्बरमा | प्रति मिनेट (रु.) |
| स्मार्ट | स्मार्ट/टेलिकम/एनसेल | १.९२ |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
