close

फोटोसप अब आईप्याडमा पनि

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ १२:५०

फोटोसप अब आईप्याडमा पनि

सफ्टवेयर निर्माता कम्पनी एडोब इन्कर्पोरेसनले आइप्याडमा पनि फोटोसप चलाउन सकिने सुविधा उपलब्ध गराएको छ । कम्पनीले गत बर्षको अक्टोबरमा घोषणा गरे अनुसार नै फोटो एडिट सफ्टवेयर फोटोसपको सुविधा आइप्याड प्रयोगकर्तालाई समेत उपलब्ध गराएको हो ।

आइप्याड प्रयोगकर्ताले फोटोसप नि:शुल्क डाउनलोड गर्न सक्नेछन् । जसको ३० दिनसम्मको परिक्षण प्रयोगलाई पनि नि:शुल्क नै गरिएको छ । प्रयोगकर्ताले एपको रुपमा मात्र प्रयोग गर्न सक्ने फोटोसप प्रयोगका लागि ३० दिनपछी भने प्रतिमहिना १० डलर खर्चनुपर्नेछ ।

एडोबका अनुसार प्रारम्भिक रुपमा आइप्याडमा उपलब्ध गराइएको फोटोसप डेस्कटपमा जस्तो फरक विशेषता र सुविधासहितको भने हुनेछैन । यद्यपि आइप्याड प्रो र पछिल्ला आइप्याड मोडलमा भने यसले एप्पल पेन्सिल प्रयोगको सुविधा दिएको छ । जुन पीएसडी फाइलहरू एडिट गर्न काम लाग्नेछ । एडोबले एपमा ब्रस र मास्क टुल तथा स्मार्ट सेलेक्सनमा भने सुधार ल्याएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०