close

प्राविधिक क्षमताको विस्तारमा जुट्दै ओप्पो

टेकपाना टेकपाना

मंसिर ४, २०७७ ८:३

प्राविधिक क्षमताको विस्तारमा जुट्दै ओप्पो

काठमाडौं । ‘लिप इन्टु द फ्यूचर’ अवधारणाका साथ चीनकाे शन्चनमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना गरिएकाे छ।

पछिल्लो वर्ष इन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ र ‘भर्च्युओस इन्‍नोभेसन’ परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो।

कार्यक्रम मार्फत ओप्पोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्याण्डसेट ओप्पो एक्स २०२१, ओप्पो एआर ग्लास २०२१ र ओप्पो साइबरियल एआर एप्लिकेशन पनि पहिलो पटक प्रदर्शित गरेको छ।

ओप्पो ईन्‍नो डे २०२० मा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले थ्री+एन+एक्स’ प्रविधि विकास नीति मार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रबर्तन पस्कने बताए।

‘ओप्पोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना ब्यक्त गर्न सकुन् भन्‍ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ। यही उद्देश्यका साथ ओप्पोको दीर्घकालीन विकासका लागि हामीले ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति अघि सारेका हौँ,’ उनले भने ।

उनले यसमा रहेका तीन अन्तरनिहित प्रविधिहरु, हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनिधित्व गर्छ भने आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकीकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउने बताए।

ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिसर्च इन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले ओप्पोका एआई, सेक्युरिटी र प्राइभेसी, मल्टिमिडिया र इन्टरकनेक्टिभिटी लगायत आवश्यक क्षमताका संख्याको प्रतिनिधित्व गर्ने बताए।

‘प्रविधिक क्षमता विस्तार गर्नु आवश्यक छ, तर तिनलाई नवप्रबर्तनात्मक तरिकाले एकिकृत गर्नु अझ महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘सबै कठिनाइको सामना गर्दै उपभोक्तालाई फाइदा मात्र उपलब्ध गराउनु पर्छ भन्‍ने ओप्पोको विश्वास छ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०