close

विराटनगरमा अनुसन्धान केन्द्र सुरु गर्दै महाबीर पुन

टेकपाना टेकपाना

मंसिर २१, २०७७ १२:३६

विराटनगरमा अनुसन्धान केन्द्र सुरु गर्दै महाबीर पुन

काठमाडौं । सामाजिक अभियान्ता महाबीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले विराटनगरमा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने भएको छ । प्रदेश नं १ मा रहेका सिर्जनशील, प्रतिभाशाली युवाहरुलाई समेट्ने योजनाका साथ उक्त केन्द्रको सुरुवात गर्न लागिएको पुनले बताएका छन् ।

पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रले विराटनगरमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयसँगको सहकार्यमा उक्त अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको हो । उक्त केन्द्रको लागि मनमोहन प्राविधिक विश्वविद्यालयले ३० मिटर लामो र १८ मिटर चौडा भवनको समेत तयारी गरेको छ ।

उक्त भवनबाट अहिले राष्ट्रिय आविष्कार केन्द्रमा आइडिया लिएर आउने व्यक्तिलाई सहयोग गरेजस्तै अनुसन्धान तथा विकास गर्न सहयोग उपलब्ध गराइने पुनले बताएका छन् । पुनका अनुसार उक्त केन्द्रमार्फत राम्रा आइडिया भएका युवाले अनुसन्धान गर्ने पैसा नभएर दुःख पाउनुपर्ने छैन ।

यसको लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पनि सहयोग गर्ने उल्लेख गरिएको छ । त्यसका लागि सामाजिक विकास मन्त्रालयसँग एक खालको सम्झौता नै भइसकेको उनले खुलाएका छन् ।

उक्त कार्यक्रम सुरु भएपछि महिनाको ७ दिन आफू उक्त आविष्कार केन्द्रमा बसेर काम गर्ने पुनले बताएका छन् । उनले उक्त अभियानका लागि बुद्धि, समय र आर्थिक दान गर्न समेत आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०