close

जनवरी १ देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप

टेकपाना टेकपाना

पुस २, २०७७ १९:५६

जनवरी १  देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप

काठमाडौं । इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप अब केही स्मार्टफोन मोडलहरुमा नचल्ने भएको छ । २०२१ को पहिलो अर्थात् १ जनवरी देखि नै ह्वाट्सएपको सपोर्ट केही फोनमा अन्त्य हुनेछ ।

ह्वाट्सएपले उक्त मितिदेखि एन्ड्रोइड र आइओएस दुबै अपरेटिङ सिस्टममा सञ्चालन भइरहेका फोनलाई सपोर्ट गर्ने छैन । यसले पुरानो भर्सनको सफ्टवेयरमा पनि काम गर्ने छैन ।

रिपोर्टका अनुसार ह्वाट्सएपले आइओएस ९ र एन्ड्रोइड ४.०.३ अपरेटिङ सिस्टम वा त्यसभन्दा पुरानो भर्सनमा चलिहरेका स्मार्टफोनमा काम गर्ने छैन ।

यसको मतलब आइफोन फोरमा पनि ह्वाट्सएप नचल्न सक्छ । तर यसपछि आएका आइफोन फोर एस, आइफोन फाइभ सी, आइफोन फाइभ एस, आइफोन सिक्स, आइफोन सिक्स एसमा पुराना सप्mटवेयर छन् भने तिनलाई अपडेट गर्न सकिने रिपोर्टमा उल्लेख छ ।

अपडेट गरेपछि ती मोडलमा ह्वाट्सएप प्रयोग गर्न सकिनेछ । तर एन्ड्रोइडमा भने ४.०.३ भन्दा पुरानो भर्सनमा ह्वाट्सएपले सपोर्ट गर्ने छैन ।

पुरानो भर्सनको फोनका लागि सप्mटवेयरमा अपडेट गर्न सम्भव नभएको हु“दा ह्वाट्सएपले समय समयमा यस्तो गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४