close

अलिबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि गुमनाम

टेकपाना टेकपाना

पुस २०, २०७७ १४:१

अलिबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि गुमनाम

काठमाडौं । ई-कमर्श प्लेटफर्म अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा विगत दुई महिनादेखि गुमनाम छन् । उनी विगत दुई महिनायता कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित छैनन् ।

यसरी लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेदिएसँगै धेरै मानिसले उनी भूमिगत भएको आशंका गरेका छन् । यसको प्रमुख कारण उनको कम्पनीमा लगातार चीन सरकारका अधिकारीहरुको निगरानी हुन सक्ने आँकलन गरिएको छ ।

जसले गर्दा उनी आफ्नै टेलिभिजन ट्यालेन्ट सो, अफ्रिका बिजनेस हिरोजको अन्तिम एपिसोडमा पनि देखिएनन् । उक्त कार्यक्रममा उनका ठाउँमा अलिबाबाका कार्यकारीले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको वेबसाइटबाट उनको तस्वीर समेत हटाइएको थियो भने उक्त कार्यक्रमको प्रोमो भिडियोबाट पनि उनलाई हटाइएको छ । यी सबै कुराको सुरुवात गएको नोभेम्बरदेखि चलिरहेको छ ।

उनले नोभेम्बरमा चिनियाँ सरकार र सरकारी बैंकविरुद्ध आलोचना गरेका थिए । उक्त आलोचनात्मक भनाइपछि उनको कम्पनी आन्ट ग्रुपको आईपीओ समेत रोकिएको थियो । उनले एउटा अभिव्यक्तिमा चिनियाँ रेगुलेसन सिस्टम र विश्व बजारमा जोड्ने संरचनाको आलोचना गरेका थिए ।

उनले सिस्टमलाई ‘पुराना मानिसहरुको क्लब’ भएको बताएका थिए । त्यस्तै सरकारी बैंक धरौटी राखेर पैसा दिने पसल जस्तै भएकाे बताएका थिए । उनको उक्त अभिव्यक्ति चीनका राष्ट्रपती सी जिनपीङले सुनेसँगै राष्ट्रपतीकै निर्देशनमा उनको कम्पनी आन्ट ग्रुपको आईपीओ रोकिएको थियो ।

त्यसपछि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, अलिबाबाका प्रवक्ताले भने व्यस्त तालिकाका कारण उनले सार्वजनिक कार्यक्रममा भाग नलिएको बताएका छन् । माले गत अक्टोबर १० देखि ट्विट समेत गरेका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१