close

चीनविरुद्ध ज्याक माको यो बोली, जसले उनलाई २ महिनादेखि ‘बेपत्ता’ बनायो

टेकपाना टेकपाना

पुस २२, २०७७ १२:१८

चीनविरुद्ध ज्याक माको यो बोली, जसले उनलाई २ महिनादेखि ‘बेपत्ता’ बनायो

काठमाडौं । चीनका स्टिभ जब्स उपनामले प्रख्यात अलिबाबा तथा आन्ट ग्रुपका संस्थापक ज्याक मा दुई महिनादेखि गुमनाम छन् । करिब तीन महिनादेखि त उनले ट्वीट पनि गरेका छैनन् ।

चीनका धनाढ्य व्यक्ति ज्याक मा यसरी एकाएक हराउनुको पछाडि गत अक्टोबर २४ मा साङ्घाईमा आयोजित बण्ड सम्मेलनमा चीनको वित्तीय प्रणालीविरुद्ध उनले दिएको अभिव्यक्तिसँग जोडेर हेरिएको छ ।

उनले सम्मेलनमा चीनको वित्तीय नियमन प्रणालीको कडा आलोचना गर्दै परम्परागत ऋणदाताहरूले ‘मोहराको दोकान’ चलाएर बसेको भन्दै परिवर्तनका लागि आह्वान गरेका थिए । उनले धरौटीको मानसिकताले नवप्रवर्तन र चिनियाँ अर्थतन्त्रलाई त्यहाँसम्म पुर्‍याउन नसक्ने बताएका थिए ।

चीनका सबै उद्यमी नै वित्तीय प्रणालीको मोहरा मानसिकताबाट प्रताडित भएको अनुभव सुनाएका थिए ।

उनले राष्ट्रपति सी जिनपिङलाई पनि देशको नियम स्वस्थकर विकास र वृद्धि प्राप्त गर्नेमा लक्षित हुनुपर्ने भनी नियमनमै सुधार गर्न अपिल गरेका थिए ।

त्यसलगत्तै प्रतिक्रियामा उत्रिएको चिनियाँ सरकारले ज्याक माका धेरै व्यवसायमा अप्रत्यक्ष रुपमा धावा बोलेको थियो । गत अक्टोबरयता अलिबाबाको शेयर पनि २५ प्रतिशतले घटेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१